फाइल तस्बिर ।
इजरायल र हमासबीच कतारको दोहामा युद्ध विराम बारे वार्ता सुरु भएको छ ।
सिएनएनका अनुसार अमेरिका र कतारसहितका उच्च कूटनीतिज्ञको उपस्थितिमा गाजामा युद्ध विराम बारे वार्ता भइरहेको छ । हमासका सर्वोच्च नेता याहया सिनवार मारिएपछि अमेरिकाले युद्ध विरामको पहल गर्दै आएको थियो ।
पछिल्लो दुई महिनामा यस किसिमको वार्ता भएको यो पहिलो पटक हो ।
यस वार्तामा इजिप्टले पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको बताइएको छ । इजिप्टले यस अघि नै दुई दिनको युद्ध विरामको प्रस्ताव गर्दै इजरायलले प्यालेस्टाइन कैदीको रिहा गरेमा हमासले चार इजरायली बन्धकलाई रिहा गर्ने बताएको थियो ।