×

वायुको गुणस्तर बिग्रिएपछि भारतको राजधानी नयाँ दिल्लीको चर्को वायु प्रदूषण नियन्त्रण गर्न प्रशासनले कडा नियम लागू गरेको छ।

भारतीय राजधानी नयाँ दिल्लीको अधिकांश भूभागमा  वायु गुणस्तर सूचकांक (एक्यूआई) पिएम २.५ को हिसाबले ३०१ र ४०० को बीचमा रेकर्ड गरिएको थियो‚ जुन औधी खराब प्रदूषण मानिन्छ। 

भारतको वायु गुणस्तर र मौसम पूर्वानुमान र अनुसन्धानको प्रणालीअनुसार नयाँ नियमहरू संघीय राजधानी क्षेत्र र छेउछाउका भूभागमा वायु गुणस्तर व्यवस्थापन आयोगले जारी गरेको ग्रेडेड प्रतिक्रिया कार्य योजनामा समावेश गरिएको छ। 

प्रदूषण नियन्त्रणका नयाँ उपायमा भ्याकुम स्विपिङ र सडकमा पानी छर्कने, ट्राफिक आवागमन सहज बनाउन सिंक्रोनाइज गर्ने, निजी यातायातलाई निरुत्साहित गर्न पार्किङ शुल्क बढाउने, सार्वजनिक यातायातको फ्रिक्वेन्सी बढाउने जस्ता उपाय अपनाइएको छ। 

दिल्लीमा बसोबास गर्ने मानिसहरूलाई अक्टोबरदेखि जनवरीसम्म धुलो निस्कने निर्माण गतिविधि नगर्न र निजी सवारीसाधनमा नियमित रूपमा एयर फिल्टर फेर्न पनि सल्लाह दिइएको छ।

Back to top