×

भारतमा १८ औं लोकसभाका लागि आम निर्वाचनको ‘महापर्व’ शुरू हुँदैछ । भारतीय निर्वाचन आयोगको घोषणा बमोजिम भारतीय संसद् (लोकसभा)को ५४३ सिटका लागि १९ अप्रिलदेखि जून १ सम्म ७ चरणमा चुनाव हुने भएको छ । यो विश्वको सबभन्दा लामो ४४ दिने मतदान प्रक्रिया हो । यसमा ९७ करोड ८० लाख मतदातामध्ये २० करोडभन्दा बढी युवा छन् । यस निर्वाचनमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि मैदानमा डटेका छन् । विभिन्न सर्वेक्षणले मोदी मतदाताबीच लोकप्रिय रहेका र उनको दल भारतीय जनता पार्टीले पुनः बहुमत हासिल गर्ने जनाएका छन् । ३ डिसेम्बरमा विभिन्न चार राज्यमा भएको निर्वाचनमा विपक्षीको विभिन्न आक्रमण र आरोपका बावजूद प्रधानमन्त्री मोदीको भाजपाले तेलंगानाबाहेक छत्तीसगढ, मध्यप्रदेश र राजस्थानमा शानदार जीत हासिल ग-यो ।

केही समययता विधानसभा चुनावले आम चुनावको नतीजा कता जाला भन्ने सङ्केत ठीकसँग गर्न नसके पनि आउँदो आम चुनावमा भाजपा हार्ने सम्भावना देखिंदैन । यो चुनावमा त झन् मोदीसँग छाती चौडा पार्ने धेरै मुद्दा छन् । मोदी र उनको दल मतदानको मिति घोषणा हुनु महीनौं अघि नै प्रचारप्रसारमा लागेका छन् । मोदी दिनहुँ देशैभर उडान भर्दै नयाँ आयोजनाको घोषणा र उद्घाटन गर्न तल्लीन छन् । पछिल्लोपटक चुनाव भएका राज्यहरूमा भाजपाले यसरी चुनाव लड्यो, मानौं त्यहाँको मुख्यमन्त्रीको उमेदवार नै मोदी हुन् । पोस्टरहरूमा उनको तस्बिर राखियो । वास्तविक उमेदवारहरू पछाडि बसे ।

हालैको विधानसभा चुनावको नतीजा सार्वजनिक हुनु अघिसम्म विपक्षी दलहरूको थप बलियो हुने अपेक्षा थियो ।

किनभने यही वर्ष कर्नाटकमा भएको चुनाव काङ्ग्रेसले जितेको थियो । त्यति बेला भाजपा र उसका सहयोगी दलहरू भारतको ४५ प्रतिशत जनसङ्ख्या बस्ने राज्यहरूमा शासन चलाइरहेका थिए । तर ६ वर्ष अघि उत्कर्षका बेला तिनले ७० प्रतिशत जनसङ्ख्या बस्ने राज्यहरूमा शासन गर्थे । यस निर्वाचन परिणामबाट भाजपा थप उत्साहित भएको छ ।

नरेन्द्र मोदी पदमा बसेको १० वर्ष भइसक्यो । तर, उनी अझै उत्तिकै शक्तिशाली छन् । हिन्दी क्षेत्रमा भारतीयजनता पार्टीको एकपछि अर्को चुनावी जीतले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा मोदीको पकड पुष्टि गरेको छ भने भारतका असहाय विपक्षी पार्टी छायामा परेका छन् । भारतमा राज्यहरू निकै प्रभावशाली छन् । सरकारले गर्ने खर्चको ६० प्रतिशत हिस्सा राज्यहरूले गर्छन् । जबकि विकसित देशहरूमा यो दर औसत ३० प्रतिशत छ । अहिले भारतका २९ राज्यमध्ये १६ वटामा भाजपा र उसका सहयोगी दलको सरकार छ । यो भनेको करीब ६० प्रतिशत जनसङ्ख्या हो । भारतमा लामो समयदेखि सत्ताधारी दल चुनाव हार्ने प्रवृत्ति थियो । तर, पछिल्ला वर्षहरूमा मतदाताहरूले अधिकांश मुख्यमन्त्रीलाई पुनःनिर्वाचित गराउन थालेका छन् । तर, त्यसरी पुनःनिर्वाचित हुनेहरू चाहिं भाजपा र क्षेत्रीय पार्टीका मुख्यमन्त्री मात्र छन् । २०१४ देखि नै काङ्ग्रेसका कुनै पनि मुख्यमन्त्रीले दोहो¥याएर चुनाव जितेका छैनन् । गाँधी परिवारको प्रभुत्व रहेको काङ्ग्रेसमा मोदी र अरू थुप्रै क्षेत्रीय नेताहरूको जस्तो मेहनत गर्ने इच्छा छैन ।

चुनावको मिति सार्वजनिक हुनु केही दिन अघि मात्र मोदीले एक लाख करोड रुपियाँको ११४ राष्ट्रिय राजमार्ग परियोजना, ओडिसामा २७० भन्दा बढी रेलवे परियोजना, कोलकातामा १५ हजार ४०० करोड रुपियाँको बहुकनेक्टिभिटी परियोजना, ’विकसित भारत विकसित उत्तरपूर्व’ कार्यक्रम अन्तर्गत ६ वटा पूर्वोत्तर राज्यका लागि ५५ हजार ६०० करोडका परियोजनाजस्ता विभिन्न परियोजना अन्य प्रदेशमा पनि उद्घाटन र शिलान्यास गरेका छन् ।

गत अगस्तमा भारतको चन्द्रयान चन्द्रमामा ऐतिहासिक अवतरण गर्दै चन्द्रमामा पुग्ने भारत चौथो राष्ट्र बनेको छ । त्यसको केही दिनपछि नै सूर्यको अध्ययन गर्न भारतले आप्mनो पहिलो अन्तरिक्षयान प्रक्षेपण ग¥यो । त्यस्तै गत सेप्टेम्बरमा भारतले जी–२० को सम्मेलन
आयोजना ग-यो । यी सबैलाई सत्तारूढ दल र ‘मोदी मीडिया’ले यसरी मार्केटिङ अभियान चलाएका छन् कि भारतमा एक व्यापक धारणा बनेको छ, मोदीले विश्वव्यापीस्तरमा भारतको हैसियत उचालेका छन् ।

त्यस्तै, जनवरीमा अयोध्यामा बाबरी मस्जिदको ठाउँमा राम मन्दिर निर्माण गरेपछि मोदीले आप्mनो पार्टीको लामो समयदेखि राखेको हिन्दू राष्ट्रवादी वाचा पूरा गरेका छन् । यसले धर्मको नाममा विभाजित हिन्दू प्रभुत्व रहेको भारतीय समाजलाई थप स्वीकृत गर्ने निश्चित छ, जसबाट आउने चुनावमा भाजपाको पक्षमा फाइदा पुग्ने देखिन्छ ।

भारतमा आर्थिक उन्नति भएको छ । भारत विश्वको १३औं स्थानबाट पाँचौं धनी राष्ट्र बन्न पुगेको छ र तेस्रो बन्नबाट टाढा पनि छैन । अमेरिका र चीनपछि भारत धनी राष्ट्र बन्ने तय भएको विकास दरले देखाएको छ । यो सब भाजपाले गरेको हो । मोदी यस प्रगतिका ब्रान्ड हुन् । मोदीको सहयोगमा हजारौं, करोडौं इमानदार हात छन् । भारतले कोरोनाकालमा विश्वमा अग्रणी स्थानमा रहेर नागरिकलाई बचायो । अधिकांश मान्छेलाई थाहा छ, भारत उदाउँदो आर्थिक शक्ति हो । यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनिसकेको छ र आप्mना कुनै पनि प्रतिस्पर्धीभन्दा तीव्र गतिमा वृद्धि हासिल गरिरहेको छ । भारतको शेयर बजार पनि विश्वको चौथो ठूलो बन्न पुगेको छ र यो निरन्तर उकालो चढिरहेको छ । यो पनि धेरैलाई थाहा छ कि नरेन्द्र मोदी दशक यता भारतका सबैभन्दा शक्तिशाली नेता बनेका छन् । र, आर्थिक विकासका साथसाथै हिन्दूहरूलाई प्राथमिकता दिने पपुलिज्म उनको एजेन्डा हो । भाजपाको पक्षमा जनलहरको कारण हिन्दूधर्मको पक्षमा रहनेहरूको मनोभावना उच्च भएको छ ।

हिन्दूहरूलाई भावनात्मकरूपमा फरक महसूस भएको छ । अन्य राजनीतिक दलका नेताहरूमा पनि यो देखिएको छ । धर्ममा विश्वास छैन भन्ने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल मन्दिर जान थाले भने राहुल गाँधी मन्दिर गएर कुर्तामाथि नै जनै लगाउन थालेका छन् ।

भारतको लोकसभा चुनावलाई विश्वले चासोका साथ हेरिरहेको छ । मुख्यतः यस चुनावको चासो नरेन्द्र मोदीको वरिपरि घुमिरहेको छ । नरेन्द्र मोदीले दुई कार्यकाल शासन सञ्चालन गर्दा घरेलु राजनीतिदेखि विश्व रङ्गमञ्चमा धेरै उतारचढाव देखिएको थियो, र अब आगामी कार्यकाल कस्तो हुने हो भन्ने सबैको चासोको विषय बनिरहेको छ । चुनावपूर्व गरिएका विभिन्न चुनावी सर्वेक्षणले पुनः प्रधानमन्त्री मोदी नै तेस्रोपटक प्रधानमन्त्री हुने आकलन गरेको छ । भारत विश्वकै तीव्र वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक हो । सन् २०२३ मा कुल गार्हस्थ्य उत्पादन ३.७ ट्रिलियन डलर रहेकोमा गरीबी न्यूनीकरण, मानवीय विकास सुधार र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतामा भारतले उल्लेखनीय प्रगति गरेको छ ।

सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएपछि भारतले आप्mनो समाज र अर्थव्यवस्था रूपान्तरण गर्न महŒवाकाङ्क्षी सुधारको शृङ्खला शुरू ग-यो । मोदी सरकार विगत एक दशकदेखि बलियो आर्थिक वृद्धि कायम गर्न सफल भएको छ । आर्थिक वृद्धि र रोजगार सृजनाका लागि महŒवपूर्ण संरचनात्मक सुधार कार्यक्रमको शृङ्खलाका कारण यो सम्भव भएको हो । सुधारका केही मुख्य क्षेत्र पूर्वाधार विकास–जस्तैः सडक, विमानस्थल, बन्दरगाह र पावर प्लान्टहरूको निर्माण, उद्योगीकरण विशेषगरी, निर्माण क्षेत्रमा जस्तो कि मेक इन इन्डिया पहलकदमी, इन्डिया स्टार्टअप र आत्मनिर्भर भारत, उच्च मूल्य सेवाहरू जस्तैः डिजिटल, भारत, स्किल इन्डिया, स्मार्ट सिटीजस्ता कार्यक्रममार्फत सूचना प्रविधि, बायोटेक्नोलोजी र डिजिटल अर्थतन्त्र, शिक्षाको पहुँच र गुणस्तर, तालीम र रोजगार अवसरमार्फत दक्ष श्रमशक्ति उत्पादनमा उनको जोड रह्यो । नरेन्द्र मोदीको नेतृत्वमा भारतको आर्थिक प्रगति उल्लेखनीय छ । सौभाग्यवश भारत र मोदीसँग निकै राम्रो विकल्प छ । भाजपाका लागि दक्षिणमा प्रतिस्पर्धामा आउने अर्को उपाय के हो भने उसले आप्mनो हिन्दुत्वको सन्देशलाई नरम पार्नुपर्छ । हिन्दी भाषाको प्रवद्र्धनमा रोक लगाउनुपर्छ । आर्थिक विकासमा ज्यादा जोड लगाउनुपर्छ र मोदीको उत्तराधिकारीका रूपमा पिछलग्गुहरूको मण्डलीभन्दा नरम व्यक्तिको खोजी गर्नुपर्छ ।

विश्वको पाँचौं अर्थतन्त्र बन्न सफल भारत सन् २०३० सम्म अमेरिका र चीनपछि तेस्रो स्थानमा उक्लिने हिसाबले गति लिइरहेको छ । त्यसैगरी, विगत दशकमा भारतको कूटनीतिक सक्रियताले यसको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठामा अभिवृद्धि भएको देखिएको छ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्य हुने भारतको अभिलाषालाई समर्थन गर्ने आधारहरू यसबीच सबल हुँदै गएका छन् । रूस–युक्रेन युद्धमा भारतको कूटनीतिक कुशलता उसको राष्ट्रियहित अनुकूल भएको जगजाहेर छ । विश्वमञ्चमा बेलाबखत प्रदर्शन गरेको तटस्थताले पनि दिल्लीलाई फाइदा भएको छ ।

भारतका घरेलु मामिलाको कार्यसूची (एजेन्डा) केलाउनेहरूले ‘हिन्दुत्व’लाई सिरानमा राख्ने गरेका छन्, अनि त्यसकै आडमा मोदी सफल राजनीतिक खेलाडी भएको दाबी गर्छन् । ‘अबकी बार ४०० पार’ भन्ने मोदीकै नारा अनुसार परिणाम आयो भने गणतन्त्र भारतको संविधान संशोधन हुनेछ र भारत हिन्दू राष्ट्र घोषित हुने अपेक्षा गर्नेहरू होलान् । कदाचित् त्यसो भयो भने सन् १९४७ मा हिन्दुस्तान विभाजित भई मुसलमानका लागि पाकिस्तान निर्माण भएपछि भारत स्वतः हिन्दू राष्ट्र हुनुपर्नेमा उतिखेर हुन नसकेको तर अहिले सच्चिन पाउने तिनको अपेक्षा हुन सक्छ । यो सोच तार्किक नै देखिन्छ ।

सन् १९४७ देखि धेरै लामो समयसम्म काङ्ग्रेस सरकारमा बस्यो । काङ्ग्रेसको सरकार हुँदा चीन–भारत युद्धमा भारतको हार, भारतीय संस्कृतिको ह्रास, गरीबी, सैन्य क्षेत्रमा विदेशमाथि निर्भरता भारतको मुख्य पीडा थियो । करीब १० वर्षदेखि भाजपाको सरकार बहुमतमा छ । मोदीले विश्वमा नै आप्mनो छवि राम्रो बनाएका छन् । भाजपा हिन्दूवादी सनातनी पक्षधर राजनीतिक दलको रूपमा स्थापित भएको छ । भाजपामा मोदी ब्रान्ड कायम भएको छ । उनीपछि नीतिन गडकरी, योगी आदित्यनाथ, स्मृति इरानीसमेत धेरै इमानदार नेताहरू छन् । जे होस्, भाजपाका मोदी ‘स्वनिर्मित’ र कठोर परिश्रम गर्ने व्यक्ति हुन्, उनी वक्तृत्वकलामा निपूर्ण छन्, उनका प्रतिस्पर्धी कमजोर फेला पर्छन्, उनमा हिन्दू राष्ट्रवादको उर्लंदो लहरलाई समेट्न सक्ने क्षमता छ, उनी प्रचारप्रसारमा चतुर छन् र सामाजिक सञ्जाल परिचालनमा चनाखो रहनुका साथै भावविशिष्ट चतुर व्यक्ति हुन् । यी कुराको अतिरिक्त ‘सबका साथ सबका विकास’ भन्ने नाराले पनि मोदीलाई जनसमर्थन थप्दै जान मदत पु-याएको हुनुपर्छ ।

प्रधानमन्त्री मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले ‘आश्चर्यजनक’ विजय पाउन विपक्षी पार्टीका नेतालाई चुनावको मुखमा विभिन्न आरोप लगाएर जेलमा कोचेको छ । हालै छोटो समयमैं राजनीतिमा उदाएर जनतामा लोकप्रिय आम आदमी पार्टी (आप)का नेता, दिल्लीमा तेस्रोपटक मुख्यमन्त्री बनेका अरविन्द केजरीवाललाई रक्सी अन्तःशुल्क घोटालामा जेलमा हालेको र प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसको सबै बैंक खाता ‘सिज’ गरिएको छ । यसले गर्दा काङ्ग्रेससँग चुनाव प्रचार गर्न कुनै फन्ड छैन । काङ्ग्रेससँग कार्यालयमा काम गर्ने मानिसलाई तलब दिन पनि पैसा छैन । चुनावी खर्चका लागि पनि पैसा छैन । न पर्चा–पम्प्लेट छाप्ने पैसा छ, न रेल वा हवाईजहाजको टिकट काट्न नै ।

राजनीतिक दलका नेताहरू चुनावी अभियानका लागि मैदानमा हुनुपर्ने बेलामा उनीहरूलाई विभिन्न अनुसन्धान विभागले एकपछि अर्को गर्दै बोलाइरहेका छन् । पटकपटक यो र त्यो अनुसन्धान विभागमा उपस्थित हुनु परेपछि निर्वाचन क्षेत्रमा को जाने ? 

(राजेन्द्र प्रसाद कोइराला (पीएचडी) वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।)

Back to top