×

सिद्धमहापुरुषहरु, कुनै पनि संघसंस्था , देश, अथवा राष्ट्र विशेषको घेरामा हुँदैनन। संसारका धेरै महापुरुषहरुले नेपाललाई आफ्नो अध्यात्मभुमी बनाएको कुरा हामीबाट लुकेको छैन । ठीक त्यसैगरी डाक्टर डोग्रा अर्थात खप्तड स्वामिले नेपाललाई नै आफ्नो कर्मक्षेत्र ठानी यहाँ आउनु भयो ।

खप्तडबाबा त्यस्तो सिद्ध सन्त हुनुहुन्छ जसको समग्र जीवन रहस्यका अनेक गाथाहरुले भरिएको छ। वहाँको खास नाम डाक्टर शिवनाथ डोगरा हो र वहाँ एक सिद्धहस्त एलोपेथिक डाक्टर हुनुहुन्थ्यो । वहाँको जन्म काश्मीरको ब्राह्मण कुलमा भएको थियो ।

लोकप्रचलित नामको साथ प्रशस्त आमदानी भईरहेको वखत प्राप्त वैराग्य जीवन र जगत प्रतिको कौतुहलले गरिरहेको पेशा त्याग गरी सन्तहरुका आश्रम अनी दर्शनिक विद्ध्वानहरुको खोजिमा विभिन्न ठाउँ पुग्नु भयो । वहाँको दिक्षित नाम स्वामी सच्चिदानन्द सरस्वती थियो। ब्रह्मण्डको रहस्य खोज्दै उहा नेपाल पस्नुभयो र पश्चिम नेपालको खप्तड लेकमा रहेर आफ्नो जीवनको ५ दसक त्यहा विताउनुभयो । त्यसैले, वहाँको लोकप्रशिद्ध नाम खप्तड स्वामी रहन गयो । 

वहाँका बिषयमा सात पुस्तकहरु प्रकाशित छन स् म र मेरो कर्तव्य, आत्मज्ञान, नारिधर्म र पुरुषधर्म, योग विज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान र खप्तडबाबा । सबै पुस्तकहरुको शारान्स नै जीवन र जगतलाई कसरी उपयोगी र मानवजीवनलाई कसरी सार्थक बनाउने भन्ने बिषयमा नै केन्द्रित छ । यि पुस्तकहरुमा जीवन र जगतको रहस्य (मयता, तिर्थमय नेपालको वैशिष्ट्य, वहाँको नेपाल प्रतिको लगाव, समसामयिक सामाजिक (राजनैतीक विश्लेषण, साधनाको प्रव्रित्ती र उपलव्धी, विचारलाई कसरी सार्थक बनाउने, स्वस्थ्यजीवनका रहस्य, योग विज्ञान को महत्व, नारी र पुरुषका आ (आफ्ना कर्तव्य र जिम्मेवारी जस्ता बिषयहरु उल्लेख गरिएको छ । 

खपतडबाबा आँफैमा एक रहस्य हुनुहुन्थ्यो । कश्मिरको जन्म, बेलायतको पढाई, सामाजिक मर्यादाको पर्याप्त उपलव्धि हुँदाहुँदै प्रारब्धवस उहा कसरी अर्को दुनियाँमा पुग्नु भयो र साधनामय दिर्घ जीवन प्राप्तगरी भौतिक सुख त्याग गर्दै ईश्वरीय आनन्दको अनुभुतिमा रमाउनु भयोरु मननिय छ । 

वहाँ असाधारण व्यक्तित्वका धनी हुनुहुन्थ्यो । वहाँलाई आधुनिक युगका  ॠषिको रुपमा लिन सकिन्छ । केवल आफ्नो साधनामा मात्र नरमाइ समाजलाई क्रिती रचनाद्वारा पनि स्वामिज्युले लाभान्वित   गराउनुभएको छ ।

वहाँको बारेमा डाक्टर अर्जुन ज्ञवालिद्वारा  लेखिएको पुस्तक खप्तडबाबाले हामीलाई धेरै कुरा सिकाउछ । जीवनका बहुपक्षिय आरोह अवरोह पार गर्दै वहाँले नेपाली राष्ट्रियता , सनातन अग्रगामी मौलिक चिन्तन, पौरस्त्य जगतका उच्च मानबिन्दु, प्रेरक विभुतिहरु र जीवनलाई उत्कर्षमा लैजाने विविध पहलहरुमाथी वहाँले सधैं प्रकाश पर्ने गर्नुहुन्थ्यो ।

यस पुस्तकले जीवनमा चाहिदो भौतिक साधन् (श्रोत भएर पनि आत्मिक शान्तिका लागि भौतारिरहेका अथवा मनुष्य(जीवनको गहिराइ खोजिरहेका मनिसहरुकालागी गहकिलो खुराक प्रदान गर्दछ यस् पुस्तकले। हाल नेपाल लक्ष्यहीन गतिबाट गुज्रिरहेको छ । राजनीति भ्रष्ट छ। अर्थतन्त्र डावाडोल छ । शिक्षाप्रणाली दिशाहिन र नैतीकता शुन्य छ। मानीसहरु छटपटाइरहेका छन ।

सान्स्कृतिक धरोहर दिनानुदिन ध्वस्त बनाइदो छ । भ्राष्ट्राचारले देशलाई अक्रान्त बनाइ रहेको छ । मौलिक धर्म माथि लगातार प्रहार भईरहेको छ । विधर्मी र विदेशी चिन्तन हावी भएको छ । जताततै अभाव र आशान्त छ । नवसामन्तहरुको शोषण निरन्तर बढ्दो छ । यि र यस्ता विषहरुको बारेमा विविध द्रिष्टान्तहरुको सँगालो यो पुस्तक छ । 

वहाँ के कारणले अध्यात्मको खोजिमा लाग्नु भयोर ?

बेलायतबाट डाक्टरी पास गरेपछी वहाँ ९ वर्षपछी आफ्नै जन्मभुमी काश्मिर फर्कनु भयो । र १० वर्षसम्म जम्बु शहरको टवी नदिको किनरमा आफ्नो औषधालय खोलेर  वहाँले आफ्नो सेवा प्रदान गरिरहनु भएको थियो । त्यसै क्रममा एउटा अदभुत घटनाको सामना वहाँले गर्नु पर्यो । 

विरामी उपचार गर्ने क्रममा एकजना सम्पन्न प्रभावशाली मानिसको  घरमा एउटा बच्चा बिरामी पर्यो। उनी तत्कालिन समयका प्रशिद्ध डाक्टर थिए । त्यसैले वहाँ त्यो बच्चाको उपचारगर्ने क्रममा त्यहा जानुभयो । आफुले सक्ने सबै विधिहरु प्रयोग गरी वहाँले त्यो बच्चालाई बचाउने कोशीस गर्नु भयो। वहाँका सारा प्रयत्नहरु निरर्थक भए र बच्चालाई म्रित घोषणा गरियो ।

ठीक त्यही समयमा एकजना स्वामी वहाँले उपचार गरिरहेको ठाउमा टुप्लुक्क आई पुगे। उक्त बालकको मृत्युको खबरले बालकको घरमा रुवावासी चलिरहेको थियो। उक्त स्वामिले के भयो भनेर सोधपुछ गरे तर कसैले केही भन्नै सकेनन । स्वामिले त्यो बालकको मृत्यु भएको छैन भन्दै कमण्डलुमा रहेको जल छर्किदिनुभयो ।

डाक्टरले म्रित् घोषणागरेको बालकको तत्कालै होस आयो। यो घटना पछी डाक्टर डोग्रा तीन छक परे। यही घटनाले वहाँलाई आफ्नो डिग्री प्रती नै वित्रिष्णा आयो । म सँग नभएको मेरो अध्ययनले प्राप्त नगरेको कुरा यि स्वामी योगीसँग के शक्ती छ रु अब म यही शक्तिको खोजी गर्दछु । यसरी एकाएक डाक्टर शिवनाथ डोग्राको मनमा उक्त घटनाले परिवर्तन ल्याइदियो । र अब वहाँ आफ्नो घरमा कसैलाई नभनी त्यो स्वामीको खोजिमा निस्कनु भयो ।

२ वर्ष वित्यो तर स्वामी योगिसँग भेट हुन सकेन । अब कसरी खोज्ने रु कसरी भेटन सकिएला भनी निरास अवस्थामा एकदिन गंगाजिको किनरमा स्वामी ज्ञानाश्रम बसिरहेको स्थानमा एउटा सानो कुटी देख्नुभयो । र त्यही कुटिमा वहाँले स्वामी योगी ज्ञनाश्रमलाई दर्शन पाउनु भयो। ततपस्चात आफ्नो पेशालाई त्यागेर उहा मुक्ती र मोक्षको खोजमा नयाँ यात्रासहित निस्कनु भयो ।

यात्राको क्रममा दक्षिण भारतको आध्जगत्गुरु शंकराचार्यको गद्धी श्रिन्ङ्रेरी मठमा पुग्नुभयो । त्यही समयमा वहाँले शान्तानन्द सरस्वतिबाट ब्रह्मचारी दिक्षा लिनुभयो । वहाँकै आज्ञाअनुसार वाराणसिमा सन्सक्रित अध्ययन गर्न थाल्नु भयो । त्यो भन्दा पुर्व वहाँ २ वर्ष सम्म स्वामीकै साथमा रहनु भयो। यसै गरी वहाँ विभिन्न ठाउहरुमा बस्दै अध्ययन गर्दै दक्षिण भारतको श्रिङ्गगेरी पिठमा पुग्नुभयो । 

उक्त पिठमा पुगेपछी श्री १००८ स्वामी शान्तानन्दज्युबाट सरस्वतिनामा सन्यास दिक्षा लिनुभयो । तत्पस्चात गुरुद्वारा डाक्टर शिवनाथ डोग्राको नाम सच्चिदानन्द सरस्वती राखियो। पछी वहाँ खप्तड लेकमा आई साधना गरे पस्चात वहाँको नाम खप्तड बाबा रहन गयो । 

खप्तड लेकमा साधानारत रहनुभएका खप्तडबाबाको बारेमा देश विदेशमा चर्चा परिचर्चा भईरहेको थियो। वहाँको प्रभाव नेपालका राजामा पनि परिसकेको थियो। त्यसैकारण राजाले आफ्न जेष्ठ सुपुत्र दीपेन्द्र को व्रतवन्धमा आँफै खप्तड गएर बाबालाई ल्याउनुभएको थियो । व्रतबन्धपछी वहाँलाई दरबारमै बस्न अनुरोध गरिएतापनी , वहाँले त्यसलाई अस्विकार गर्नु भयो र फेरी खप्तड नै फर्किनु भयो । वहाँका बारेका विभिन्न तिलस्मी कथाहरु जोडीएका छन । 

खप्तड बाबाको साधनाको बल यती थियो कि उनी बाघसँग साथीजस्तै खेल्ने गर्थे , राजा महेन्द्रपनी उनलाई भेटन बझाङ पुगेका थिए, आँखा नदेख्नेले वहाँको सामिप्यता प्राप्त गरे पछी आँखा देख्न थालेका कुरा पछी वहाँका चेला हुनु भएका डाक्टर चेतराज पन्तले उल्लेख गर्नु भएको छ । 

काठमाण्डौबाट खप्तड जाने एक दिन अघी अर्थात २०५३ साल वैशाख महिनाको तेश्रो हप्ता वहाँको जाने कार्यक्रम तय भयो। ठीक एकदिन अघीसम्म वहाँले आफ्ना चेला र भक्तहरुलाई दर्शन दिरहनु भएको थियो। अर्को दिन २०५३ साल वैशाख २६ गते वहाँ बोल्दा बोल्दै ब्रह्मलिन हुनु भयो। वहाँका बारेमा लेखेर लेखी सकिन्न ।

अन्त्यमा, 

खप्तड स्वामिका बारेमा अहिलेका युवापुस्ताले जान्नु जरुरी छ र वहाँका बारेमा लेखिएका र वहाँले लेख्नु भएका सबै सात वटा कृतिहरु सबै शिक्षाकहरु र विध्धार्थीवर्गले पढनु जरुरी छ । 

सकिन्छ भने वहाँका २ कृति विचार विज्ञान र स्वास्थ्य विज्ञानलाई स्थानिय सरकारले कक्षा ८ देखी १० सम्म पढाउने बातावरण मिलाउन सके यसले विद्ध्यार्थीको बानी व्यहोरा र शिस्टाचारितामा निकै ठुलो परिवर्तन ल्याउन कुरामा यो स्तम्भकार निकै विश्वस्त छ ।

(राजेन्द्र प्रसाद कोइराला (पीएचडी) वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।)
  

Back to top