×

वीरगञ्ज । हिन्दु परिषद् नेपाल प्रसौनी बाराको प्रथम अधिवेशन सम्पन्न भएको छ । बाराको प्रसौनी गाउँपालिका वडा नमबर ४ स्थित श्री हनुमान मन्दिर परिसरमा प्रथम अधिवेशन सम्पन्न भएको हो । 

अधिवेशनले अविन्द कुमार गुप्ताको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बास्कित साह कानु, भुुवनेश्वर ठाकुर, सचिवमा अरविन्द कुमार गुप्ता, सहसचिवमा संदीप कुमार गुप्ता, कोषाध्यक्षमा सर्वेश कुमार गुप्ता र सहकोषाध्यक्षमा रबी प्रसाद साह रहेका छन् । सदस्यमा आलोक साह, कमल सहनी, राहुल साह, कमल पडित, अनुराग केशरी लगायत रहेका छन् । 

परिषद्का राष्ट्रिय अध्यक्ष संजय सर्राफले अधिवेशनलाई सम्बोधन गर्दै धर्म र संस्कृतिको संरक्षणमा जोड दिएका छन् । धर्मप्रति भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त गर्दै उनले धार्मिक सहिष्णुता कायम गर्न लाग्नुपर्ने धारणा राखे । 

कार्यक्रममा केन्द्रीय सदस्य सचितानन्द दुवे, अरविन्द कुमार, शंकर कुमार केशरी, श्याम कुमार साह लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top