×

रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन ला लिगाको उपाधिको जितेको छ।

बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो। बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो।

खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। चौथो मिनेटमा नै आर्टेम डोभबिकले जिरोनाका लागि बराबरी गोल गरे।

पहिलो हाफको अन्त्यतिर पेनाल्टी मार्फत रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर दोस्रो हाफमा बार्सिलोनाले तीन गोल खाना पुग्यो।

६५औं मिनेटमा क्रिस्टियन पोर्टुले जिरोनाका लागि पुनः बराबरी गोल गरे। ६७औं लिने मिगेल गुटीएरेजले गोल गर्दै जिरोनालाई अग्रता दिलाए। ७५औं मिनेटमा पोर्टुले उत्कृष्ट गोल सहित जिरोनाका लागि चौथो गोल गरे।

रियलको ३४ खेलमा ८७ अंक रहेको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ खेलमा ७३ अंक छ।  रियलले गएराति नै भएको खेलमा काडिज विरुद्ध ३-० को जित हासिल नकाल्यो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले एक एक गोल गरे।

रियलको यो कीर्तिमानी ३६ पटक स्पेनिश लिग उपाधि हो। दोस्रो धेरै लिग उपाधि जितेको बार्सिलोनाको २७ पटक उपाधि रहेको छ।

Back to top