×

वीरगञ्ज । नेपाल राष्ट्र बैंकद्वारा आयोजित अन्तर बैंक फुटसल प्रतियोगीतामा सिद्धार्थ बैंक विजयी भएको छ ।

नेपाल राष्ट्र बैंकले ६९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगीताअन्र्तगत फाइनल खेलमा एनआईसी एसिया बैंकलाई शुन्यका विरुद्ध ६ गोलले पराजित गर्दै सिद्धार्थ बैंक विजयी भएको हो । 

हाम्रो फुटसल नगवाको खेल मैदानमा सम्पन्न खेलमा सिद्धार्थ बैंकको तर्फबाट पुष्प धनुवारले ३ गोल गरेका थिए । सिद्धार्थ बैंकले लक्ष्मी सनराईज बैंकलाई ट्राई बे्रेकरमा हराउँदै फाइनलमा पुगेको थियो । 

प्रतियोगीतामा विजयी भएका खेलाडीलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगीतामा उत्कृष्ट खेलाडी सिद्धार्थ बैंकका पुष्प दनुवा घोषित भए । उत्कृष्ट किपर प्रज्वल कार्की र फाइनल खेलमा सुदिप ताम्रकार उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगीतामा पर्सा बारा, रौतहट लगायतका १९ वटा बैंकले सहभागिता जनाएका थिए । 
 

Back to top