×

वीरगञ्ज । अन्तर्राष्ट्रिय पृथ्वी दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । प्रत्येक वर्ष अप्रिल २२ तारिखमा पृथ्वी दिवस मनाउने गरिन्छ । सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउने निर्णय पारित गरेको थियो ।

यो दिवस नेपालसहित विश्वका करिब २०० राष्ट्रमा मनाइँदै छ । दिवसले पृथ्वीलाई जोगाउनुपर्ने, भविष्यका लागि पृथ्वीमा भएको प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिने गरेको छ ।

पृथ्वी बर्सेनी तात्दै गइरहेको छ । सन् १८८० पछि प्रत्येक दश वर्षमा ० दशमलव ८ डिग्रीका दरले पृथ्वीको तापक्रम बढिरहेको छ । वन फँडानी, आगजनी, धुवाँ र प्रदूषणका कारण पृथ्वीको तापक्रम बढेको विज्ञहरुको भनाई छ ।

Back to top