×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।

आज पहिलो खेल कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ३: ४५ बजेदेखि सुरु हुने छ ।

जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ६ खेलमा ४ जित र २ हारसहित ८ अङ्क हासिल गरेको छ र अङ्क तालिकामा तेस्रो स्थानमा रहेको छ ।

त्यसै गरी रोयल च्यालेन्जर्स बैंगलुरुले भने यस सिजनमा ७ खेलमा केवल एक खेल मात्र जितेर खराब प्रदर्शन गरेको छ। अहिलेसम्म ६ खेलमा हार बेहोरेको बैंगलुरु अङ्क तालिकामा पुछारमा रहेको छ ।

त्यसै गरी आज दोस्रो खेल पञ्जाव किंग्स र गुजरात टाइटन्सबीच हुँदै छ । पञ्जावको घरेलु मैदान मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ ।

जारी आइपिएलमा अहिलेसम्म पञ्जावले ७ खेलमा केवल २ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । ४ अङ्कसहित पञ्जाव अङ्क तालिकामा नवौँ स्थानमा रहेको छ । त्यसै गरी गुजरातले यस सिजनमा ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र अङ्कतालिकामा आठौँ स्थानमा रहेको छ ।

Back to top