×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर छ भने बढेको भाउ घटेको छ ।

शुक्रवार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ स्थिर रहँदै आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । शुक्रवार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ७ सय ४० रुपियाँमा कारोबार भइरहेको छ ।

Back to top