×

वीरगञ्ज । नेपाली बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मङ्गलवार बढेर १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य बुधवार पनि कायमै रहेको छ । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार हुँदा चाँदीको भाउ पनि स्थिर रहेको छ । 

महासङ्घका अनुसार सोमबार तोलामा १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलवार बढेर तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो । बुधवार पनि चाँदी तोलामा १ हजार ६७५ रुपैयाँमै कारोबार भएको हो ।

Back to top