×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

गए राति सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ६७ रनले पराजित गरेको हो । सनराइजर्सले दिएको २६७ रनको विशाल लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अल आउट हुँदै १९९ रन बनाएको थियो ।

यसअघि ट्राभिस हेडको आक्रामक ३२ बलमा ८९, अभिषेक शर्माको १२ बलमा ४६ शहबाज अहमदको ५९ तथा नितिश रेड्डीको ३७ रनको मद्धतले सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्स अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । सनराइजर्सको ७ खेलमा ५ जित र २ हारसहित १० अङ्क भएको छ । त्यसै गरी दिल्ली क्यापिटल्सको भने ८ खेलमा ३ जित र ५ हारसहित ६ अङ्क रहेको छ र अङ्कतालिकामा सातौँ स्थानमा छ।

Back to top