×

हाम्रो भान्सामा दैनिक जस्तो खाना वा नास्तामा रोटी पनि पाक्ने गर्छ । विशेषगरी त्यसमा गहुँको रोटीको धेरै प्रयोग गरिन्छ । धेरैलाई रोटी मन पर्ने गर्छ । कतिपयले मन पर्दा भातको तुलनामा रोटी धेरै खाने पनि गर्दछन् । रोटी दैनिक रुपमा सीमित मात्रामा खाँदा नै स्वस्थकर हुन्छ । यहाँ जानौं दैनिक कति रोटी खानु फाइदाजनक हुन सक्छ ।
रोटीमा फाइबर भरपूर मात्रामा हुन्छ यसको सेवन पाचन प्रणालीका लागि एकदमै राम्रो मानिन्छ । तर धेरै रोटीको सेवन पनि स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।

एउटा सामान्य रोटीमा एक सय देखि एक सय १० क्यालोरी हुन्छ । गहुँको रोटीमा कार्बोहाइड्रेट र काब्र्स पनि हुन्छन् । यदी तपाईं महिला हुनुहुन्छ भने बिहानको समयमा दुईवटा रोटी र साँझको समयमा पनि दुई वटा रोटी खान सक्नुहुन्छ । यसले तपाईंको एक दिनको रोटीबाट पाइने क्यालोरीको आवश्यकता पूरा हुनेछ ।

त्यस्तै एउटा पुरुषले बिहानको समयमा तीन वटा रोटी र साँझको समयमा पनि तीन वटै रोटी खान सक्छन् । तर रातको समयमा रोटी खाएपछि केहीबेर हिँड्डुल गर्नुपर्दछ । रातको भोजनपछि केहीबेर हिँड्दा रोटी पचाउन सजिलो हुनुका साथै क्यालोरी पनि सन्तुलित हुन्छ ।

यदी तपाईं मधुमेहको विरामी हुनुहुन्छ भने तपाईंले रातको समयमा रोटी खानबाट बच्नुपर्छ । यसलाई पचाउन समय लाग्छ जसले गर्दा रगतमा चिनीको मात्रा बढ्न सक्छ ।

यदी तपाईं तौल कम गर्न चाहनुहुन्छ र स्वस्थ पनि रहन चाहनुहुन्छ भने कोदो, फापर, मकै, किनुआ आदिको पिठोबाट रोटी बनाएर खानुहोस् । गहुँको रोटी खाँदा गहुँ एकदमै मसिनो गरेर पिसेको हुनु हुँदैन ।

Back to top