×

वीरगञ्ज । सशस्त्र प्रहरीले सात लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित बाँसझाङ र भुटनदेवी क्षेत्रबाट ७ लाख ३३ हजार एक सय मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहकाअनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा लगायतका सामग्री नियन्त्रणमा लिइएको हो । 

कपडा ओसारपसारमा प्रयोग गरिएका दुई वटा साईकलसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका निवासी ३७ वर्षीय महिला र बाराकै बिश्रामपुर गाउँपालिकाका ४० वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको सिंहले बताए ।

आवश्यक कारवाहीका लागि बरामद सामग्रीसहित नियन्त्रीत दुई जनालाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 
 

Back to top