×

वीरगञ्ज । हत्याको अभियोगमा अनुसन्धानका लागि प्रहरी थुनामा रहेका व्यक्तिलाई छुटाइ दिने भन्दै अभियुक्तको परिवारसँग पैसा ठग्ने एक व्यक्ति पक्राउ परेका छन् । ६ लाख रुपैयाँ लिएका एक व्यक्ति बारामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका – २० बडहर्वा निवासी ४१ वर्षीय दुर्गा साह कानु रहेका छन् । बारा प्रहरीका अनुसार आइतबार पक्राउ परेका कानुले प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै उनको परिवारको सदस्यबाट ६ लाख रुपैयाँ लिएका थिए ।
 
ज्यान सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराको थुनामा रहेका एक अभियुक्तका आफन्तले दिएको जाहेरीका आधारमा कानुलाई गत आइतबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार प्रहरी थुनामा रहेका अभियुक्तका आफन्तसँग कानुले ६ लाख रुपैयाँ लिएका थिए ।

कानुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनिविरुद्ध ठगी मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

Back to top