×

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका – २ जमुनिया टोलमा सोमबार मध्यरातमा आगलागी हुँदा दुई वटा घर गोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीय रौफ मियाँ धुनिया र मनिफ मियाँको घर गोठ जलेर नष्ट भएको हो । रौफ मियाँ धुनियाको घरमा राति लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर आगलागी हुँदा छिमेकका मनिफको पनि घर जलेर नष्ट भएको हो ।

आगलागीबाट जलेर मनिफको ९ वटा खसी बाख्रा, एउटा मोटरसाइकल तथा रौफको भैँसी २ वटा , बाख्रा २ वटा, खसी २ वटा ,नगद १० हजार रुपैयाँ, मोबाइल २ थान, साइकल २ थानका साथै लत्ताकपडा, भाडा वर्तन सबै जलेर नष्ट भएको वडाध्यक्ष चिरञ्जीवी महतो थारुले जनकारी दिए ।

आगलागी पीडित दुवै परिवारलाई मङ्गलवार वडाध्यक्ष थारुले चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न सहयोग गरेको स्थानीय सञ्चारकर्मी राम किशोर महतो थारुले जानकारी दिए ।

Back to top