×

वीरगञ्ज । काठमाडौंमा आगामी बैशाख २३ गतेदेखि कर्पोरेट सुपर सिक्सेस क्रिकेट सिजन – ७ सुरु हुने भएको छ । १६– एसएस एभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा बैशाख २३ देखि २८ गतेसम्म उक्त क्रिकेट प्रतियोगिता आउोजना हुन लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

तीन वर्षपछि आयोजना हुन लागेको कर्पोरेट सुपर सिक्सेसमा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियारले जानकारी दिए ।

एसएस इभेन्ट्सका निर्देशक रौनियारले नाफा कमाउने भन्दा पनि नेपाली क्रिकेटको विकास गर्ने र कर्पोरेट सेक्टरलाई क्रिकेटमा भित्रयाउने उद्देश्यअनुरूप प्रतियोगिता आयोजना गर्दै आएको बताए ।उनले अब छिट्टै उमेरसमूहका प्रतियोगितापनि आयोजना गर्दै नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने योजना रहेकोपनि बताए ।

सन् २०१४ देखिसुरु भएको कर्पोरेट सुपर सिक्सेसको छैटौं सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएकोमा सातौं सिजनदेखि नेकोस जोडिएको हो ।पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका निर्देशक रौनियार र नेकोसका सचिव विप्लभ घोषबीच सम्झौतापत्र हस्तान्तरण गरिएको थियो । यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् ।

Back to top