×

वीरगञ्ज । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा वीरगञ्जमा वृहत शोभा यात्रा निकालिएको छ ।

हनुमान जन्मोत्सवको अवसर पारेर वीरगञ्जमा वृहत शोभा यात्रा निकालिएको हो । वीरगञ्जको घण्टाघरबाट सुरु भएको शोभा यात्राले माइस्थान, आदर्शनगर हुँदै नगर परिक्रमा गरेको थियो ।

शोभा यात्रामा उल्लेख्य संख्यामा हिन्दु धर्मावलम्बी एवम् भक्तजन तथा दर्शनार्थीहरुको उपस्थिती रहेको थियो । 
 

Back to top