वीरगञ्ज । वेस्टइन्डिजले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाललाई २०५ रनको लक्ष्य दिएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको हो ।
वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए । ४६ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे ।
एलिक एथानाज ४७, केसी कार्थी ३८ र आन्द्रे फ्लेचरले १३ रन बनाउँदा कादिम एलीन १४ र किमो पल १ रनमा अविजित रहे ।
नेपालका कमलसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहराले १÷१ विकेट लिए ।