×

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीतिक यात्राको सम्बन्ध वारे चिनियाँ भाषामा पुस्तक प्रकाशन गरिएको छ । ओलीको तिन बर्षे प्रधानमन्त्रीका हैसियतमा गरिएका भाषणलाई लिएर चिनियाँ भाषामा पुस्तकको प्रकाशित गरिएर वितरण कार्य सुरु गरिएको हो ।

ओलीको पछिल्लो पटक प्रधानमन्त्री हुँदाका समय सन् २०१८ को फरवरी देखि २०१९ को डिसेम्बर सम्म गरिएका भाषणलाई चिनियाँ भाषामा अनुवाद गरेर ‘मेरो सपना’ नामक पुस्तकको रुपमा प्रकाशित गरी भेट्न आउने सबै चिनिया पाहुनालाई बाँड्न थालिएको श्रोतले बतायो ।

चिनियाँ भाषामा प्रकाशित गरिएको पुस्तकको प्रस्तावनामा नेपाल चीन बीच हुन लागेको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा उक्त पुस्तक आएको ब्यहोरामा उल्लेख छ ।

पुस्तकमा भनिएको छ, ‘सन् २०२१ मा चीन र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव मनाउँदै छन् । ५० वर्षदेखि चीन र नेपाल साझा विकासको खोजीमा सँगै अगाडि बढिरहेका छन्, जनताले सुख र दुःख सेयर गरेका छन् ।

यो महान क्षणको आगमनलाई मनाउन हार्बिन पब्लिसिङ हाउसले ‘मेरो सपना’ पुस्तकको योजना बनाएर प्रकाशित गरेको हो ।’ ओली सन् १९५२ मा जन्मिएको र १९६९ मा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको उल्लेख गर्दै जुलाई २०१४ मा नेपाल कम्युनिष्ट पार्टी एमालेको अध्यक्ष निर्वाचित, अक्टोबर २०१५ मा प्रधानमन्त्री, सन् २०१८ को फरवरीमा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि सन् २०१८ मा नेपाल कम्युनिष्ट पार्टीको सह–अध्यक्ष भएको सम्पादकीयमा लेखिएको छ ।

चिनियाँ भाषामा ‘माइ भिजन’ अर्थको उक्त पुस्तक गत मार्चमा निस्किएको हो । चीनको हार्बिन पब्लिसिङ हाउसले निकालेको उक्त पुस्तकलाई उपहारको रुपमा बाँडिएको बताइन्छ । पुस्तकको कभरमा उहाँ किड्नीको बिरामी हुँदा र उपचाररत छदा अनुहार र शरीर सुन्निएको अवस्थाको फोटो राखिएको छ । श्रोतः एसपीन्यूज

Back to top