×

वीरगञ्ज । नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले विभिन्न डकुमेण्टका आधारमा अनुसन्धानबाट १० जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेहरुमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठ, गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल, गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौंका साईरस विशंखे, काठमाडौंका दीपक के.सी र सल्यानका बलबहादुर रावत रहेको राठौरले बताए ।

प्रहरीले नक्कली शैक्षिक प्रमाण लगायत अन्य २९६ कागजातहरु पनि बरामद गरेको छ ।

Back to top