जारी ‘आईसीसी मेन्स टी–ट्वेन्टी विश्वकप फाइनल एशिया’अन्तर्गत आज (शुक्रवार) काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको सेमिफाइनल खेल हेर्नको लागि टिकट अनलाइनमार्फतमात्र काट्न सकिने बताइएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सूचना जारी गर्दै मैदानमा टिकट बुथ नहुने र आइएमई पे एपमार्फत मात्र काट्न सकिने बताएको छ ।
क्यानले खेलका लागि ३ हजार ५०० थान टिकटमात्र जारी गरिने भएकाले सकभर घरमै बसेर हेर्न आग्रह गरेकोे छ । क्यानले सेमिफाइनल खेलमा कुनै पनि पास वितरण नगरिएको बताएको छ ।