×

आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दै छ। खेल बिहान ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।

समूह  एमा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्। यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मसेसियालाई पराजित गरेका थिए। 

टी-२० आईमा नेपाल र ओमानबीच चार खेल भएको छ। जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ। नेपालले ओमानसँग २०१९ मा चार देश सम्मिलित सिरिज हारेको थियो। नेपाल ६४ रनमा अल आउट हुँदै ६ विकेटले खेल गुमाएको थियो। 

नेपालले २०२२ मा ओमानसँग तीन खेल खेलेको थियो। तीनै खेलमा नेपालले ओमानलाई सहजै हराएको थियो। 

घरेलु टोली लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख राम्रो लयमा छन्। ​ सोमपाल कामी, करण केसी र गुलशन झाबाट नेपालले राम्रो अलराउण्ड प्रदर्शनको अपेक्षा  छ। विवेक यादव घरेलु क्रिकेटमा राम्रो अलराउन्डर हुन्। ​

आजै हुने समूह एको अन्तिम खेलमा समूह मलेसिया र सिंगापुर प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो।  आज नै युएई र हंङकङ तथा बहराइन र कुवेत पनि आमने सामने हुनेछन्। यो खेलपछि मात्र समूह बीबाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ। 

Back to top