×

वीरगञ्ज । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ । बिहीबार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएको हो ।

अब यससँगै बुबाको ठेगान नभएका व्यक्तिले आमाको नामबाट नागरिकता पाउनेछन् । त्यसैगरी यसबाट गैरआवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको छ । यसअघि बुबाको पत्ता लाग्न नसकेका व्यक्तिले नयाँ ऐनअनुसारको नागरिकता नियमावली नबन्दा आमाको नामबाट नागरिकता पाउन सकेका थिएनन् ।

त्यसैगरी गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता प्रमाणपत्रका लागि निवेदनसमेत दिन पाएका थिएनन् । नियमावली राजपत्रमा प्रकाशित पढन यहा किलीक गर्नुस । 

 

Back to top