×

वीरगञ्ज। वीरगञ्जको रानीघाट निवासी तथा चामल व्यवसायी शिवजी प्रसाद कलवारलाई पत्नीशोक परेको छ। उहाँकी धर्मपत्नी मीरादेवी साहको हिजो वीरगञ्जस्थित रानीघाटमा रहेको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

मीरादेवी साहको निधनप्रति परिवार, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उहाँको निधनले परिवारका साथै शुभेच्छुकहरूलाई मर्माहत बनाएको छ।

पारिवारिक स्रोतका अनुसार स्वर्गीय साहको अन्तिम दाहसंस्कार आज दिउँसो वीरगञ्जको रानीघाटस्थित श्मशानघाटमा गरिनेछ।

उनको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तित्वहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

Back to top