×

पानासोनिकले फिचर फेज डिटेक्शन अटोफोकस र फोरके६० भिडियो रेकर्डिङ्ग सहितको जी९ मार्क आईआईको टिजर भिडियो जारी गरेको छ।

पानासोनिकद्वारा आफ्नो प्रोडक्ट लाइनलाई विस्तार गर्ने कार्य जारी रहेको छ। एयर कन्डिसनरदेखि टेलिभिजनसम्मका विभिन्न बजारहरूमा सञ्चालन गर्दै आएको कम्पनी निस्सन्देह रुपमा लुमिक्स ब्रान्ड अन्तर्गतका क्यामराहरूका लागि प्रसिद्ध रहेको छ।

पानासोनिकको क्यामराहरू आफ्नो हाई ईमेज क्वालिटी (उच्च छवि गुणस्तर), भिडियो क्यापाबिलिटिज (क्षमताहरू) र इनोभेटिभ फिचर्स (नवीन सुविधाहरू) को लागि परिचित रहेका छन्। यसै क्रममा, पानासोनिक लुमिक्स जापानले आगामी नयाँ क्यामराको टिजर भिडियो जारी गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

पानासोनिक जी९ मार्क आईआई प्रमुख अपग्रेडहरूका साथ आउँदै

पानासोनिकले नयाँ क्यामराको लागि जारी गरेको टिजर भिडियोको सबै संकेतहरूले उक्त क्यामरालाई जी९ मार्क आईआई भएको संकेत गरेको छ। भिडियोमा फिचर गरिएको “जी” अक्षरलाई पानासोनिकको माइक्रो फोर थर्ड्स क्यामराहरू डिनोट गर्न (बुझाउन) का लागि प्रयोग गरिने गरिएको र त्यस्का साथै “न्यू फेज”  वाक्यांशले क्यामरामा फेज डिटेक्सन अटोफोकस पनि हुनेछ सुझाव दिएको छ। साथै केवल कन्ट्रास्ट डिटेक्सन अटोफोकस मात्र रहेको मुख्य जी९ मा यो एक महत्त्वपूर्ण अपग्रेड भएको उल्लेख गरिएको छ।

त्यस्का साथै पानासोनिक लुमिक्स जापानले जारी गरेको भिडियोले लेन्स माउन्ट र सेन्सर पनि देखाएको हुनाले सो क्यामरा माइक्रो फोर थर्ड्स मोडल हुनेछ भन्ने थप पुष्टि गरेको उल्लेख छ। मिररलेस क्यामराको पोर्टेबिलिटी र फ्लेक्सीबिलिटी (लचिलोपन) चाहने तर ईमेज क्वालिटि स्याक्रिफाइस (तस्विर गुणस्तर त्याग) गर्न नचाहने फोटोग्राफरहरूका लागि यो राम्रो समाचार हो।

जी९ मार्क आईआई सेप्टेम्बर १२, २०२३ मा घोषणा गरिने अपेक्षा गरिएको थियो। यस क्यामरामा २०.३ मेगापिक्सेल माइक्रो फोर थर्ड्स सेन्सर, फोरके६० भिडियो रेकर्डिङ्ग क्षमताका साथै वेदर–सिल्ड बडी समावेश गरिने अफवाह रहेका छन्।

Back to top