वीरगञ्ज । वीरगञ्जस्थित नेशनल ईन्फोटेक (एनआई) कलेजका विद्यार्थीहरुले मकवानपुरको हेटौडास्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा स्थलगत भ्रमण गरेका छन् । कलेजले कक्षा १२ मा अध्ययनरत फिजिकल ग्रुपका विद्यार्थीहरुलाई शैक्षिक भ्रमणका लागि केन्द्रमा लगेको कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए ।
सिंहकाअनुसार बढ्दो प्रविधिको विकाससँगै सामाजिक सञ्जाल एवम् सूचना तथा प्रविधिको क्षेत्रमा विद्यार्थीहरुलाई सचेत एवम् सुसुचित बनाउने उद्देश्यका साथ शैक्षिक भ्रमणका लागि लगिएको हो ।
राष्ट्रि सूचना तथा प्रविधि केन्द्रमा शैक्षिक भ्रमण गरेसँगै विद्यार्थीहरुले डाटा रिकभर, डाटा सुरक्षा एवम् थ्रेट एनालाइसिस लगायतका विषयमा जानकारी प्राप्त गरेका छन् ।
विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउनुका साथै प्रविधिप्रतिको रुची अभिवृद्धि गर्ने योजनाबमोजिम हरेक वर्ष शैक्षिक भ्रमण गराउँदै आएको सिंहले बताए । आगामी दिनमा अन्य ग्रुपका विद्यार्थीहरुलाई पनि शैक्षिक भ्रमणमा लैजाने योजना कलेजको छ ।
कलेजले विद्यार्थीहरुको सिकाईसँगै सीपलाई जोड दिएको बताउँदै प्रबन्ध निर्देशक सिंहले किताबी ज्ञानभन्दा पनि अतिरिक्त क्रियाकलाप गरेर सिकेको ज्ञान कहिलै बिर्सन नसकिने बताए ।