×

साङ्केतिक तस्विर ।

सामाजिक सञ्जालमध्ये ह्वाट्सएप संसारमा व्यापक प्रयोग गरिने मेसेज प्लेटफर्ममध्ये एक हो । पछिल्लो समय मेटाले यसमा निरन्तर नयाँ सुविधा थप्ने काम गरिरहेको छ ।

मेटाले अब ह्वाट्सएपमा मेसेज इडिट विकल्पको परीक्षण सुरु गरेको छ। सन् २०१६ मा यस्तै फिचर टेलिग्रामले ल्याएको थियो । छिट्टै ह्वाट्सएपका सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने तयारी गरिएको इडिट विकल्प अहिले बीटा परीक्षण प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ ।

डब्लूएबेटाइन्फोमा आफूले पठाएका मेसेज सम्पादन गर्ने सुविधा प्रदान गरिएको छ । परीक्षणका क्रममा रहेको यो फिचर एन्ड्रोइड बिटा परीक्षकहरूका लागि सम्पादन बटन रोल आउट गर्न सुरु गरिएको छ । व्हाट्सएपले यो हप्ताको सुरुमा व्हाट्सएप वेबमा सम्पादन सुविधा ल्याएको थियो, अब कम्पनीले यसलाई एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि पनि ल्याइरहेको छ ।

चाँडै सबै प्रयोगकर्ताका लागि ल्याउने तयारी गरिएको यो फिचरमा ओभरफ्लो मेनुअन्तर्गत नयाँ सम्पादन बटन देख्न सकिनेछ । जसमार्फत प्रयोगकर्ताहरूले आफूले सम्पादन गर्न चाहेको सन्देशमा लामो प्रेस गरेर शीर्ष दायाँ कुनामा तीनवटा थोप्लाहरूमा ट्याप गरी इडिट गर्न सक्नेछन् ।

तर तपाईंले पठाएको मेसेज इडिट गरिएको जानकारी भने मेसेज पठाएको व्यक्तिले थाहा पाउन सक्नेछन् ।

Back to top