×

ट्वीटरको नयाँ सिइओमा लिंडा याकारिनो नियुक्त भएकी छन् । 

ट्विटरका मालिक एलन मस्कले नयाँ सिइओमा याकारिनोलाई नियुक्त गरेका हुन् ।

मस्कले भनेका छन् ‘नयाँ सिइयोको रूपमा लिंडा याकिरानोलाई स्वागत गर्न पाउँदा म उत्साही छु र उनले यो संस्थालाई थप उचाइ दिने विश्वास छ।’

एलन मस्कले ट्वीटरमा नयाँ सिइओ याकारिनोले बिजनेस र अपरेसनमा ध्यान दिने उल्लेख गर्दै आफू प्रडक्ट डिजाइनमा ध्यान दिने समेत बताएका छन् । 

यसअघि यो पदमा मस्क आफै रहेका थिए ।

Back to top