वीरगञ्ज । वीरगञ्जका विभिन्न तीन स्थानलाई फ्रि वाईफाई जोन बनाइएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वल्र्डलिङ्क ईन्टरनेटसँगको सहकार्यमा तीन ठाउँमा ईन्टरनेट जडान गरेको हो ।
वीरगञ्जको आदर्शनगर रङ्गशाला, पूरानो बसपार्क र हजारी ट्रस्ट महलमा इन्टरनेट जडान गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए । त्यस क्षेत्रका स्थानीयको माग बमोजिम नि:शुल्क वाईफाई जडान गरिएको खेतानको भनाई छ ।
आगामी दिनमा अन्य स्थानमा पनि इन्टरनेट जडानको कामलाई निरन्तरता दिने खेतानले बताए ।