×

सामाजिक सञ्जाल ट्विटरको स्वामित्व एलन मस्कको हातमा आएपछि नवीनतम् परिवर्तन भइरहेका छन् । 

उनले विभिन्न प्रयोगसमेत गरिरहेका छन्, र ती निर्णय फिर्ता पनि गरिरहेका छन् ।

ट्विटरको सीईओको कुर्सीमा कुकुरको फोटो राख्दै जिम्मेवारी सुरु गरेका उनले एकपटक लोगोको चरो उडाएर कुकुर पनि राखे । तर पछि फेरि चरो नै ल्याएर राखिदिए। ठूला सेलिब्रेटीहरूको ब्लु टिक पनि खाइदिए । 


बलिउड अभिनेता अभिताभ बच्चनले त आफ्नो ब्लु टिक खाइदिएको भन्दै ट्विटर नचलाउने घोषणा सम्म गर्न भ्याए । तर पछि उनले ब्लु टिक फिर्ता भने गरे ।

मस्कले पुन: ट्विटरमा ऐतिहासिक परिवर्तनको घोषणा गरेका छन् । अहिलेसम्म 'डिरेक्ट मेसेज'को सुविधा मात्रै रहेको ट्विटरमा उनले भ्वाइस मेसेज र भिडिओ‌ कलको सुविधा थप्ने घोषणा गरेका छन् ।

उनले चाँडै भ्वाइस र भिडिओ कल गर्नमिल्ने परिष्कार ट्विटरमा गर्ने घोषणा गरेका छन् । उनले भनेका छन्, 'चाँडै यस प्लेटफर्ममा तपाईंको ह्यान्डलबाट जोकोहीलाई भ्वाइस र भिडिओ कल गर्न सक्नुहुनेछ, ताकि फोन नम्बरबिनै पनि तपाईं संसारका जुनसुकै मान्छेसँग अन्तर्क्रिया गर्नुसक्नुहोस् ।'

यसबाहेक डीएममा पनि उनले डीएम रिप्लाइज विकल्प थप्ने बताएको छन् । यो लागू भएमा मेसेन्जरमा जस्तै कुनै एक मेसेजको जवाफ प्रश्नसँगै रिप्लाई गर्न सकिनेछ ।

Back to top