×

वीरगञ्ज  वीरगञ्जमा रहेर प्रविधिको क्षेत्रमा काम गर्दै आएको संस्था नेक्नो टेक्नोलोजी एडिबी ह्याकाथन फर सेनिटेसन वर्कर्सको उत्कृष्ट चारमा पर्न सफल भएको छ । 

खानेपानी तथा ढल निकास विभाग र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानसँगको सहकार्यमा एसियाली विकास बैंक (एडिबी) ले आयोजना गरेको उक्त प्रतिस्पर्धामा नेक्नो टेक्नोलोजी उत्कृष्ट चारभित्र अटाएको हो । 

एडिबीले गर्ने सरसफाई सम्बन्धी कामलाई प्रविधिमैत्री बनाउन देशैभरका प्रविधिको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसँग विभिन्न सुझावसहितको प्रस्ताव लिएको थियो । जसमध्ये उत्कृष्ट चार वटा समूहको सुझावमा एडिबीले पायलट परीक्षण गर्ने भएको छ । 

देशैभरबाट सहभागी भएका १० वटा शीर्ष प्राविधिक उद्यमशील फर्ममध्ये बुटवल सेनेटरी प्रा.ली., बलियो भेन्चर, मन्त्र टेक्नोलोजी र वीरगञ्जको नेक्नो टेक्नोलोजीको आईडिया बमोजिम भरतपुर र नेपालगञ्जमा पायलट परीक्षण गरिने  एडिबीका विज्ञ परामर्शदाता ईन्जिनियर तथा ह्याकाथनका सम्पर्क व्यक्ति डा. शंकर ढकालले जानकारी दिए ।

प्रतिस्पर्धामा नेक्नो टेक्नोलोजीज्का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रवि शंकर साह र विवेक कर्ण सहभागि थिए । सन् २०१८ बाट प्राविधिक क्षेत्रमा काम गर्दै आईरहेको नेक्नोले सफ्ट्वेयर विकास देखि मानिसको जीवनशैली सजिलो पार्नका लागि यान्त्रिक आविष्कारमा पनि काम गर्दै आईरहेको छ ।

Back to top