×

वीरगञ्ज, १९ फागुन ।  जनावरको छालालाई विस्थापित गर्दै पातको प्रयोग गर्ने अवधारणा उत्कृष्ट बनेको छ । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) को हल्ट प्राईज फाइनलमा लेदरका कपडा, जुत्ता एवम् अन्य सामानका लागि प्रयोग हुँदै आएको जनावरको छालालाई विस्थापित गरी वातावरणमैत्री पातको प्रयोग गर्ने अवधारणा उत्कृष्ट भएको हो । 

लेदरको सामाग्री निर्माणका लागि जनावरको छाला प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै वैकल्पिक उपायको अवधारणा प्रस्तुत गर्ने क्रयाब्स समूह अनक्याम्पस हल्ट प्राईज बिपिसीमा प्रथम भएको हो । राहुल गुप्ता, स्नेहा दास, बिन्दु जैसवाल र आदित्य सिंहले क्रयाब्स समूहबाट प्रस्तुती प्रस्तुत गरेका थिए । 

प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गरी कपडा तथा फाइबरको प्रयोगलाई जोड दिने खालको योजना ल्याउने फाइबर हब द्वितिय भएको छ । मानव जीवनमा दैनिक प्रयोग हुने विभिन्न किसिमका सामाग्री निर्माणमा प्लाष्टिकको प्रयोग हुने र त्यसले मानवीय स्वास्थ्यसँगै वातावरणमा प्रतिकुल प्रभाव पार्ने भएको हुँदा त्यसलाई निरुत्साहित गर्ने अवधारणा ल्याएको फाइबर हबकी प्रियंका कुमारी साहले बताइन् । त्यस समूहमा प्रियंकासँगै आसिफ जमाल, हर्षराज गुप्ता र कृष्ण प्रसाद यादव छन् । 

बिपिसी हल्ट प्राइजमा इच्छाअनुसारको टिर्सट प्रिन्टींग गर्ने उद्यमको अवधारणा ल्याउने फ्यास रेभ्स तृतिय भएको छ । आदर्श ठाकुर, आदित्य कुमार सर्राफ, शिशिर कुमार झा, सुमित किल्ला र श्याम गुप्ताले मिलेर यो अवधारणा प्रस्तुत गरेको हल्ट प्राइजकी सार्वजनिक सम्बन्ध प्रबन्धक (पिआर म्यानेजर) सुरक्षा पन्तले जानकारी दिइन् । पन्तकाअनुसार फाइनलमा ६ वटा समूहले व्यवसाय सम्बन्धी विभिन्न अवधारणा प्रस्तुत गरेका थिए । फाइबर हब, फ्यास रेभ्स, गरुड, ग्यालरी, क्रयाब्स र द ब्वाइस समूहले विभिन्न किसिमका व्यवसायिक अवधारणाहरु प्रस्तुत गरेको हल्ट प्राइज बिपिसीकी क्याम्पस डाइरेक्टर सञ्चिता पन्तले जानकारी दिइन् । उनीहरुले वातावरण संरक्षण, वायु प्रदुषण नियन्त्रण लगायतका क्षेत्रलाई समेटिएका अवधारणा प्रस्तुत गरेको पन्तको भनाई छ । 

बिपिसी हल्ट प्राइजको फाइनलमा नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका निवर्तमान अध्यक्ष अनुप अग्रवाल, मञ्चका कार्यकारिणी सदस्य विश्वास प्रताप साह, मोहित ग्रुपका कार्यकारी निर्देशक मोहित गुप्ता, सिटिजन्स बैंक मधेश प्रदेशका प्रबन्धक दिवस सिंह ठकुरी, हेल्वेटास नेपालका प्रदेश संयोजक कृष्णलाल कर्ण, सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सम्मी अग्रवाल, फेशन डटकमका प्रबन्ध निर्देशक ईन्जिनियर विक्की कुमार गुप्ताले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

व्यवसायिक र आत्मनिर्भर बनाउनुका साथै जागिर खाने भन्दा पनि रोजगारको सृजना गर्ने वातावरणको निर्माणमा हल्ट प्राइज कार्यक्रम सहयोगी हुने पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिको बुझाई छ । 

हल्ट प्राइज बिपिसी कलेजका लागि सहायक क्याम्पस डाइरेक्टर पुजा मुन्धरा, सौरभ अग्रवाल, प्रोजेक्ट म्यानेजर आकृती राउत, रवी कर्ण, पुजा साह, सामाजिक सञ्जाल व्यवस्थापक सिम्रन साह र कृति जैसवाल, ग्राफिक डिजाइनर राकेश कुमार साह, प्रायोजक व्यवस्थापक फर्जना सुल्ताना र नबिल समानी, कन्टेन्ट राइटरमा आकृती भट्टराई र फोटोग्राफीमा अनिशा हमालले जिम्मेवारी निर्वाह गरेका थिए । 

गत भदौ १६ गतेदेखि १५ जनाको समूहबाट सुरु भएको हल्ट प्राइज बिपिसीको फाइनलमा ६ वटा समूह प्रवेश गरेका थिए । फाइनलमा बिजेता भएको क्रयाब्स समूहले रिजनल हल्ट प्राइजमा सहभागिता जनाउने पिआर म्यानेजर सुरक्षा पन्तले जानकारी दिइन् । 

कार्यक्रमको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन भिसा सर्भिस रहेको छ भने गोल्ड स्पोन्सरमा वीरगञ्ज महानगरपालिका रहेको छ । त्यस्तै सिल्भर स्पोन्सरमा मोहित ग्रूप, ब्रोन्ज स्पोन्सरमा बि.के. इम्पोरियम प्रा.ली. रहेको छ । 

सहायक प्रायोजकमा ईजी इट्स, नेपाल युवा उद्यमी मञ्च (एन वाई ई एफ) वीरगञ्ज, फेशन डटकम, ह्यास्ट्याग पिजा, सुपर नोभा, सुपर प्रिन्ट जोन अफसेट प्रेस, कादम्बरी एकेडेमी, भिडोल लुब्रिकेन्ट्स रहेका छन् ।

क्षमताशिल एवम् उर्जावान युवा युवतीहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसरको रुपमा हल्ट प्राइजलाई लिने गरिएको पिआर म्यानेजर सुरक्षा पन्तले बताइन् । उनका अनुसार यो प्रतिस्पर्धालाई विद्यार्थिहरुको नोवेल पुरस्कारको रुपमा पनि लिईन्छ ।

हल्ट प्राइजले हालसम्म विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यावसायिक विचार स्थापना गर्न उचित अवसर प्रदान गरिसकेको छ । 

हल्ट प्राइजको फाइनलमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडल, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्य, हल्ट प्राइजका प्रमुख प्रायोजक एक्सपर्ट एजुकेशन र भिसा सर्भिसका सञ्चालक आकाश नाथ जोशी, बिपिसी उद्यमशीलता क्लबका संस्थापक सौरभ सर्राफ लगायतको उपस्थिती रहेको थियो । 

Back to top