×

माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो बहुचर्चित ब्लू सब्सक्रिप्सन फिचर झण्डै एक महिना अगाडि लञ्च गरेको थियो । यद्यपि उक्त फिचर केही निश्चित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध थियो ।

ट्वीटरले उक्त फिचर केवल आइओएस एप तथा डेस्कटप भर्सनका प्रयोगकर्ताका लागि मात्र सुरु गरेको थियो । अब चाहीँ ट्वीटरको ‘ब्लू टिक’ सब्सक्रिप्सन फिचर एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत उपलब्ध भएको छ ।

ट्वीटरका अनुसार ट्वीटर ब्लू को प्रयोग अब एन्ड्रोइड प्रयोगकर्ताले समेत गर्न पाउनेछन् । तर ट्वीटरले आइओएस तथा वेब प्रयोगकर्ताका लागि भन्दा एन्ड्रोइड प्रयोगकर्ताका लागि ट्वीटर ब्लु सब्सक्रिप्सनको शुल्क महंगो राखेको छ । अब एन्ड्रोइड प्रयोगकर्ताले ट्वीटरमा ब्लु टिक लिनका लागि मासिक ११ डलर तिर्नुपर्नेछ ।

यद्यपि एन्ड्रोइडमा महंगो शुल्क कायम गरेसँगै ट्वीटरले आइओएस प्रयोगकर्ताका लागि यसअघि राखेको ८ डलर मासिक शुल्कलाई समेत बढाएर ११ डलर नै कायम गरेको छ । वेब भर्सनमा ट्वीटर प्रयोग गर्नेका लागि भने ८ डलर प्रतिमहिना नै कायम गरिएको छ ।

हाल ट्वीटरको ब्लू सब्सक्रिप्सन फिचर अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्याण्ड र जापानमा मात्र सुरु गरिएको छ ।

ट्वीटर ब्लू सब्सक्रिप्सनसँगै प्रयोगकर्तालाई निलो चेकमार्क अर्थात् टिक उपलब्ध गराइनेछ । साथै ब्लू सब्सक्रिप्सन गरेका प्रयोगकर्ताका लागि आफ्नो ट्वीट सम्पादन गर्ने, १०८० पिक्सेलको भिडियो अपलोड गर्ने तथा रिडर मोडमा लैजाने लगायतका सुविधा प्राप्त हुनेछन् ।

साथै ब्लू टिक खरीद गरेका प्रयोगकर्ताले ट्वीटरमा अन्य आम प्रयोगकर्ताको तुलनामा कम विज्ञापन हेर्नुपर्नेछ । भेरिफाइड ट्वीटर प्रयोगकर्ताको ट्वीटमा रिप्लाई तथा ट्वीटमा समेत प्राथमिकता मिल्नेछ । एजेन्सीको सहयोगमा

Back to top