×

वीरगञ्ज, १५ पुष । वीरगञ्जस्थित ज्ञानदा एकेडमीको आयोजनामा एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत १ देखि १० कक्षासम्मका विद्यार्थीको सहभागितामा उत्साहपूर्वक रुपले विज्ञान प्रदर्शन सम्पन्न भएको हो । 

विद्यार्थीहरुले विज्ञान तथा प्रविधिको प्रयोग गरेर बनाएका विभिन्न प्रोजेक्टहरु प्रदर्शनीमा देखाइएको थियो । प्रदर्शनीमा राखिएका अधिकतम प्रोजेक्टको उद्देश्य जलवायू परिवर्तन र प्रदूषण नियन्त्रण गर्ने तर्फ केन्द्रित थियो । वायू तथा सौर्य ऊर्जाबाट विद्युत उत्पादन, कृषिमा प्रयोगसँगै ग्रिन हाउस ग्याँस उत्सर्जन नियन्त्रण, प्रदूषण नियन्त्रण जस्ता प्रोजेक्टहरु विद्यार्थीहरुले विशेष चासोका साथ बनाएका थिए ।

May be an image of 5 people, people sitting, fire, outdoors and indoor

त्यसैगरी विद्यार्थीहरुले अटोमेटिक बलीङ्ग मेसिन, अन्धो मान्छे बाटोमा हिड्दा आउने अवरोधको बारेमा पूर्व जानकारी गराउने छडी, माइक्रोस्कोप, रगत जाँच गर्ने मेसिनलगायतका प्रोजेक्टहरु निर्माण गरेका थिए ।

May be an image of 9 people, child and people standing

प्रोजेक्टको अवलोकन गर्दै प्रमुख अतिथि प्राधायापक डा. विशेश्वर प्रसाद यादवले विद्यार्थीहरुको प्रतिभा देखेर आफू आश्चर्यचकित भएको बताए । सानो उमेरमै विद्यार्थीहरुले जलवायू परिवर्तन जस्ता विषयमा संवेदनशील भएकोले देख्दा आफूलाई अत्यन्तै खुसी लागेको प्रतिक्रिया दिँदै भने, ‘आजको युगमा जहाँ प्राय युवाहरुलाई संसारका समस्या बारे कुनै चिन्ता छैन यहाँ सानो उमेरमै विद्यार्थीहरुले ठूलाठूला समस्याको समाधान निकाल्ने सोच बनाएका छन् । यो भन्दा राम्रो अरु के हुनसक्छ । विद्यार्थीहरुको प्रोजेक्ट देखेर म धेरै हर्सित छु । उनीहरुको उज्ज्वल भविष्यको शुभकामना छ ।’

May be an image of 10 people and people standing

विद्यालय प्राङ्गणमै आयोजित प्रदर्शनी बिहान ८ बजेदेखि सुरु भएर दिउँसो २ बजेसम्म चलेको थियो । जहाँ विभिन्न क्षेत्रका विज्ञदेखि विद्यार्थीका अभिभावकले पनि सक्रियतापूर्वक सहभागिता देखाएको सहायक प्रधानाध्यापक आकृती मिश्राले बताइन् ।

May be an image of 4 people, people standing and indoor

Back to top