×

चितवन १८ असोज । मासु खाँदा घाँटीमा हड्डी अड्किँदा चितवनमा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाको कालिका नगरपालिका–८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको हो ।

सोमबार साँझ करिब साढे ७ बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएपछि क्षेत्रीलाई स्थानीय मेडिकलमा लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई पुरानो मेडिकल कलेज ल्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । 

Back to top