×

वीरगञ्ज १ भदौ । जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. आशिफ अंसारीको चरम लापरवाहिको कारण एक विरामीको अवस्था गम्भिर भएको समाचार प्राप्त भएको छ । 

वीरगञ्ज हेल्थ केयरमा कार्यरत डा. आशिफ अंसारीले एक विरामीको पित्तको थैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्दा लापर्वाही भएको र त्यस कारण विरामीको अवस्था झन गम्भिर भएको आफन्तजनले आरोप लगाएका छन् ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चेर्गाहा निवासी ३२ वर्षिय फिरोज मियाँ अंसारीको पत्थरीको उपचारर्थ गत साउन २६ गते सो हस्पिटलमा भर्ना गरिएको थियो । 

भर्नापछि डा.अंसारीले शल्यक्रिया गरे तर पहिलो शल्यक्रिया असफल भयो । दोस्रो शल्यक्रिया गरेको तर गलत ठाउँमा नै शल्यक्रिया हुँदा भित्रि नसा कटेर अनियन्त्रीत रक्तश्राव भई विरामीको अवस्था झन विग्रीएको हुँदा काठमान्डौं रेफर गर्न खोजिएको विरामीका भाई मम्ताज अंसारीले बताए ।

सत्य कुरा नबताई ४ दिन सम्म भ्रममा राखेर परिवारका कुनै सदस्यलाई पनि विरामीलाई भेट्न नदिएको र दुई लाख पचास हजार रकम असुली गरी आईतबार राति ११ बजे अचानक तपाई आफनो विरामीलाई काठमाडौं लैजानुस् भन्दै डा.अंसारीले गैरजिम्मेवारी जवाफ दिएको विरामीका आफन्तको गुनासो रहेको छ ।

गैरजिम्मेवार पुर्ण काम गर्ने डाक्टरलाई मेडिकल काउन्सीलले कार्यवाहि गरी विरामीको क्षतिपुर्ती समेत दिलाउन विरामीका दाई मम्ताज अंसारीको सम्बन्धित निकायलाई गुहारेका छन् ।
 

Back to top