×

वीरगञ्ज, २० साउन । विवादित गायक दुर्गेश थापाले आउँदै गरेको तीज लक्षित गर्दै ‘बिच्च बिच्चमा ६’ बजारमा ल्याएका छन् । दुर्गेशको ‘बिच्च बिच्चमा’ को पहिलो सिरिजदेखि पाँचौँ भाग विवादमा तानियो । 

गतवर्ष रिलिज भएको ‘ख्यास्स पुतली’ गीतको शब्दलाई लिएर यतिसम्म आपत्ति भयो कि उनलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सदस्यबाट हटाएको पनि थियो । 

गीत युट्युबबाट हटाउन प्रतिष्ठानले दिएको निर्देशनलाई बेवास्ता गरेपछि गत साउन १७ गते बसेको बैठकले थापालाई आजीवन सदस्य नरहने गरी निष्कासन गरेको घोषणा गरेको थियो । 

तर, छैटौँ भागको भने दर्शकले जमेरै तारिफ गरिरहेका छन् । दुर्गेशकै शब्द/संगीत अनि स्वर रहेको गीतलाई युट्युबमा राम्रो प्रतिक्रिया आइरहेको छ । यो गीतले छोरा र छोरीमा हुने भेदभावलाई प्रस्तुत गरेको छ । 

कमेन्टमा दुर्गेशलाई बधाई दिँदै राम्रो विषयलाई तीज गीतमा उतारेको भन्दै तारिफ गरिएको छ । आजसम्मको गीतमध्ये सबैभन्दा राम्रो भएको भन्दै दर्शकहरुले प्रतिक्रिया दिएका छन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Back to top