×


वीरगंज, ३१ वैशाख ।  वीरगंज महानगरपालिकाको मतगणना स्थल बाहिर नाराबाजीका कारण 
तनावपूर्ण अवस्था भएको छ । उम्मेदवारका कार्यकर्ता तथा समर्थकहरु मतगणनास्थलभित्र
आफूहरुलाई प्रवेश गर्न नदिइएको भन्दै ठूलो संख्यामा भेला भएर नाराबाजी र प्रहरीसँग वादविवाद गरिरहेका छन्।

 

मतगणनास्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले मतगणनास्थलभित्र उम्मेदवारको प्रतिनिधि
बाहेक अन्यलाई प्रवेश गर्न दिएको छैन । संचारकर्मीलाई पनि प्रवेशमा बर्जित गरेको छ ।

 

मतगणनास्थलबाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पहरा दिइरहेको छ ।
 

Back to top