×

ऋतिक यादव

म त जिन्दावाद र मुर्दावादमा सिमित हुन्छु
सबैको आवाज बुलन्द गर्ने अखडा बन्छु 
राजनीतिक विद्रोहमै सदैव प्रयोग हुन्छु
आज म हतासमा छु
छ कोही बचाइदिने मलाईं
म त जीवनको अन्तिम मोडमा छु।

मलाई धेरै सपना देखाइन्छ
म त्यसैमा मग्नमस्त हुन्छु
एकपटक फेरि रेल गुडाइन्छ कि ?
यसैमा वर्षौदेखि विस्वस्त हुन्छु
आज म हतासमा छु
छ कोही बचाइदिने मलाईं
म त जीवनको अन्तिम मोडमा छु।

पुर्वाधार भएपनि राजधानीबाट बञ्चित हुन्छु
नाकाबन्दी गरेको भन्दै दोषी हुन्छु
हरबखत अविश्वासको पात्र बन्छु
आज म हतासमा छु
छ कोही बचाइदिने मलाईं
म त जीवनको अन्तिम मोडमा छु।

इतिहासको पाना पल्टाउदा नम्बर वानमा हुन्छु
राजनीतिक परिवर्तनको जीवित  साक्षी  बन्छु
क्रान्तिको पर्यायवाची नै बन्छु
आज म हतासमा छु
छ कोही बचाइदिने मलाईं
म त जीवनको अन्तिम मोडमा छु।


(नोट : माथीको कवितामा  'म'  भन्ने पात्रले ऐतिहासिक, व्यवसायिक तथा आर्थिक नगरी वीरगंजलाई प्रस्तुत गर्न खोजेको हो।)

Back to top