×

सलमा बेगम मियाँ

सरसफाईमा दिनुपर्छ हामी सबले ध्यान
नत्र भने लान सक्छ रोग ब्याधिले ज्यान 

रोग ब्यादी किटाणुको घरहरु मास्न
स्वस्थ जीवन निरोगी भइ जिबनभरी बाँच्न ।

झाडा, बान्ता, हैजा पखाला फोहोरले हुन्छ
बिरामी भई अस्पताल धाउँदा भित्री मन रुन्छ ।

साना बालबालिकाले खोप लाउनै पर्छ
फोहोर मैला बाट नै धेरै रोग सर्छ ।

हरेक दिन नुहाउँछौ पुजा आजा गरि
तन सफा मन सफा तर फोहोर वरिपरी ।

जथा भावी पान खाइ थुक्न हुन्न हेर
दुर्गन्ध र प्रदूषणलाई फालौ उखेलेर । 

ढल नाला सडक भरी फोहोर मैला फाल्छौ
वातावरण फोहोर गरी घरलाई सफा राख्छौ ।

बासी खाना माथी झिंगा भन्केको त हेर
ध्यान नदिए सरसफाइमा जीवन जान्छ खेर ।

स्वस्थ बच्चा जन्माउन गर्भ जाँच गरौँ
स्वास्थ्यबद्र्धक खानेकुरा खाई पेट भरौँ ।

आराम अनि ब्यायाम सँगै ताजा खाना खाउँ
आइरन चक्की क्याल्सियम खाउँ सुइ पनि लाउँ ।

दुई बर्षको अन्तरालमा बच्चा जन्माउनु
स्वस्थ सन्तान जन्माएर सँधै खुशी हुनु 

निःशूल्क नै पाईन्छन् नियोजनका साधन 
प्रयोग बारे गर्नुपर्छ घरमा पनि गनथन

प्लास्टिकजन्य फोहोरहरु बाहिर फाल्न छोडौ
सड्ने गल्ने फोहोरलाई मल बनाई गोडौ ।

ढ्ल बग्ने नालीमा फोहोर फाल्नु हुन्न्
खाल्टो खनी फोहोर फाले रोगले पनि छुन्न ।

कामसँगै आराम पनि गर्नुपर्छ हामी
अनि मात्र हुन सक्छ हाम्रो स्वास्थ्य दामी

खाना खानु अघि, पछि हात धुने गरौँ 
नबुझ्नेलाई बुझाउ, ज्ञानको ज्योति छरौँ 

फिल्टर गरेको या उमालेको पानी पिउनुपर्छ 
सफा पानी पिई स्वस्थ जिवन जिउनुपर्छ ।

घरको फोहोर छुट्याएर डस्टबिनमा हालौ
फोहोर उठाउने गाडी आए मात्रै फालौ । 

खुल्ला ठाउँमा दिसापिसाब गर्नु हुन्न भनौँ
सौचालय को प्रयोग गरी सचेत व्यक्ति बनौँ ।

औषधि र सुइ भन्दा ख्याल गरे राम्रो
स्वस्थ्य बानी व्यबहारले जीवन बचाउ हाम्रो ।

ज्ञानको ज्योति पायो भने जीवन उस्को बन्छ,
सफा, सुन्दर समृद्दी समाज यो मनले भन्छ ।

फेरी भन्छु सरसफाईमा दिनुपर्छ ध्यान 
आउ जुटौ, सफल पारौ यो अभियान ।।

(सलमा बेगम मियाँ वीरगञ्जको नर्सिङ् क्याम्पसमा ब्याचलर ईन नर्सिङ् साइन्स दोस्रो वर्षमा अध्ययरत छिन् ।) 
 

Back to top