×

वीरगञ्ज १४ कार्तिक । हन्ड्रेडस ग्रुप पर्साले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा शनिबार एक कार्यक्रमको विच विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान गरेको छ ।

संस्थाले सानोपाईला, रुङ्टा वेलफेर सोसाइटी, युवा वचन संस्था, समृद्ध नेपाल, भोलन्टियर समुह, पोखरिया युवा समाज, राउन्ड टेबल, इम्प्रोभिल नेपाल, साउथ जोन स्कुल, वडा प्रहरी कार्यालय श्रीपुरलाई सम्मान गरेको हो ।

यस्तै, नारायणी अस्पताल वीरगंजका डा. उदय नारायण सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनाल, प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुमन कार्की, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी, युवा नेता राकेश यादवलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

यस्तै, मिडिया तर्फ कालिका टाईम्स, यात्रा डेली, प्रतिक दैनिक, वीरगञ्ज संजाल लगायतकालाई कदर पत्रले संस्थाले सम्मान गरेको हो ।

संस्थाले कोरोना महामारीको समयमा संचाल गरेको निशुल्क भोजन शिविरमा सक्रिय भुमिका निर्वाह गर्ने आफ्नो संस्थाका सदस्य आयुष राज बर्णवाल, अंकेश पाण्डे, सुशिल पटेल, आशिष गुप्ता, सोनु पटेल, अनिल गिरी, बिशेष साह, मधु साह, ज्योती साह लगायतकालाई पनि समेत सम्मान गरिएको जनाएको छ ।

जिल्ला समन्वय समिति पर्साको सभाहलमा भएको सम्मान कार्यक्रमको उद्घाटन रुङ्टा वेलफेरका कोषाध्यक्ष सुरेश रुङ्टाले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष रुङ्टाले कोरोनाकालमा हन्ड्रेडस ग्रुपले गरेको कार्यको प्रशंसा गर्दै अगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।


प्रध्यापक डा. सुस्मा तिवारी द्विवेदीले कोरोना कालमा युवाहरुले खेलेको भुमिका महत्वपूर्ण भएको वताइन ।

उनले मुलुकमा युवा नेतृत्व जरुरी रहेको वताउँदै युवाहरुलाई नेतृत्व लिनु पर्ने धारण राखिन । नारायणी अस्पतालका डा. उदय नारायण सिंहले कोरोना महामारीको समयमा उपचारको क्रममा संक्रमितलाई परिवारले छुन नचाहेको बेला युवाहरुको सक्रियता अमुल्य रहेको वताए । उनले कोरोनाकालमा युवाहरुको खेलेको भुमिकाको प्रशंसा गर्दै निरन्तरताको शुभकामना व्यक्त गरे ।

संस्थाका अध्यक्ष विनय गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक अभियान्ता प्रकाश थारु, साउथ जोन स्कुलका प्रिन्सपल सरोज प्रसाद चौधरी, ग्रिन सिटी आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतना, युवा नेता राकेश यादव, सानोपाइलाका जय साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सदस्य राहुल गुप्ताले संचालन गरेको कार्यक्रममा अतिथीहरुलाई संस्थाकी अनुराधा गुप्ता, जयन्ती मेहता र ज्योती साहले स्वागत गरेका थिए ।

Back to top