वीरगञ्ज, ८ असोज । जनमत पार्टी जिल्ला समन्वय समिति पर्साको सम्पर्क कार्यालय बिहिवारदेखि सञ्चालनमा आएको छ ।
कार्यालयको एक कार्यक्रमका बिच मानव अधिकारका राष्ट्रिय सचिव सन्तोष कुमार यादवले उद्घाटन गरेका हुन् । सो अवसरमा विभिन्न व्यक्तिहरुले अन्य पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश समेत गरेका थिए ।
सिके राउत नेतृत्वको जनमत पार्टी जिल्ला समन्वय समिति पर्साका अध्यक्ष चन्दन चौहानको अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा जनमत विद्यार्थी संघका अध्यक्ष, सांस्कृतिक जनमत संघका अध्यक्ष सहित अन्य भातृ संगठनका अध्यक्ष एवम् पदाधिकारीसँगै नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको जनमत पार्टी पर्साका सचिव बिनय यादवले जानकारी दिए ।