×

वीरगञ्ज, ७ असोज ।  पर्साको पटेर्वा सुगौली गाउँ पालिकाको सातौ तथा अन्तिम गाउँ सभा सम्पन्न भएको छ । गाउँ पालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले आर्थीक वर्ष २०७८÷७९ को लागि अनुमानित ३६ करोड ८९ लाख २६ हजार ९ सय १३ रुपैयाँको बजेट सार्वजनिक गरेकी छिन् । 

चालु आ.व. मा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सामाजिक विकास र धार्मिक एवम् ऐतिहासिक विकासका साथै पर्यटकिय स्थलको संरक्षण र प्रवद्र्धनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उपाध्यक्ष महतोले बताईन् । 

गाउँपालिकाको मुलुकी ऐन कानुन बनाउनुका साथै कानुनहरुलाई कार्यन्वयनमा जोड दिने गाउँपालिका अध्यक्ष चौधरीले बताए । कृषकहरुलाई मलखादको व्यवस्थापन मिलाउने पनि अध्यक्ष चौधरीको भनाई छ । 

योजनालाई कार्यन्वयवन गर्ने कर्मचारीहरुलाई प्रोत्साहन गरेर अगाडी बढ्ने उनले बताए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भुजेन्द्र प्रसाद यादवले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख शम्भु साहले गरेका थिए । 

गाउँ सभामा वडा अध्यक्षहरु फरमान मियाँ, विजय गैरे, माधव राउत, राजेश्वर महतो, मोतिलाल साह, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top