×

वीरगञ्ज । नेकपा एमालेभित्र पार्टी पुनर्गठनबारे जारी बहसबीच उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा जवाफ दिएका छन्।

अध्यक्ष ओलीले पार्टी पुनर्गठन पक्षधरलाई ‘लोभी–पापी’को संज्ञा दिएपछि भट्टराईले सोमबार बिहान फेसबुकमार्फत प्रतिक्रिया जनाएका हुन् ।

उनले आफ्नो स्टाटसमा पार्टीभित्रको बहसलाई संकेत गर्दै लोभ–पापको आरोप अस्वीकार गरेका छन्। साथै उनले पार्टी पुनर्गठन हुने तर फुट नहुने, सबै एकताबद्ध रहने र आन्तरिक सुधारमार्फत अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

भट्टराईको स्टाटसमा लेखिएको छ—

“ढुक्क रहनुहोस्
लोभ छैन
पाप छैन
पुनर्गठन हुनेछ
फुट्ने छैन
टुट्ने छैन
सबै मिल्नेछन्
थप एकताबद्ध हुनेछन
सबैको सम्मान हुनेछ
मति सुध्रने छ
गति बढ्ने छ”

Back to top