×

वीरगञ्ज, २ असोज ।  वीरगञ्ज महानगरपालिकाले छात्रवृतिको नतिजा सार्वजनिक गरेको छ । वीरगञ्ज महानगरपालिकाले छात्रवृति छनौट समितिको सिफारिसका आधारमा छात्रवृतिको नतिजा सार्वजनिक गरेको हो । 

महानगरभित्रका संस्थागत माद्यामिक विद्यालयमा कक्षा ११ मा पूर्ण निःशूल्क छात्रवृतिमा अध्ययन गर्नका लागि आवेदन फारम भरेर दिएको परीक्षाको प्राप्ताङ्कका आधारमा नतिजा प्रकाशन गरिएको वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अर्विन्दलाल कर्णद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

मुख्य र वैकल्पिक सूचीसहित प्रकाशन गरिएको नामावलीमा सामुदायिक र संस्थागतमा जेहेन्दार, विपन्न, जनजाती, दलित, अपाङ्ग पुरुष तथा महिलाहरुलाई समेटिएको छ । 
असोज १२ गतेदेखि अध्ययनका लागि सिफारिस गरिएको विद्यालयको पत्र वितरण गरिने सूचनामा उल्लेख गरिएको छ । 
 


सूचना 

सूचनाको पीडिएफ कपीका लागि तलको लिंक थिच्नुहोस ।
https://birgunjmun.gov.np/sites/birgunjmun.gov.np/files/CamScanner%2009-17-2021%2014.48.pdf

Back to top