×

सांकेतिक तस्विर ।

वीरगञ्ज १२ सावण । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ भतौडा इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीले २७ किलो ग्राम लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।


इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाको नेतृत्वमा खटिएको प्रहरीको  टोलीले विशेष सुचनाको आधारमा गाउँपालिकाको वडा नम्बर, ४ भतौडा निवासी बसुदेव माझीलाई २७ किलो ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।


२७ किलो ग्राम लागूऔषध गाँजा सहित पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखी थप अनुशन्धान भै रहेको प्रहरी नीरिक्षक थापाले बताएका छन ।
 

Back to top