×

वीरगञ्ज । महाशिवरात्रि पर्वको अवसरमा हरेक वर्ष पर्साको छिपहरमाई गाउँपालिकामा आयोजना गरिने भेडा कुस्ती प्रतियोगितालाई यस वर्षपनि निरन्तरता दिइएको छ । 
 
गाउँपालिकाको वडा नम्बर २ मिर्जापुरमा महाशिवरात्रिको अवसरमा लगाइएको मेलामा  प्रतियोगिता आयोजना गर्ने गरिएको छ । प्रतियोगीताको उदघाटन ईगरासन साह कलवारले गरेका थिए । 

प्रतियोगितामा नेपाल भारतका विभिन्न स्थानबाट भेडाहरु बीच प्रतिशापर्धा भएको थियो । प्रतियोगितामा नेपालका बिश्रामपुर, मिर्जापुर झलमहिया, भलुवहिया र भारतको धनकुटवा, बेतिया, मझवलियालगायत स्थानबाट ५० वटा भेडाहरु सामिल भएका थिए । 

प्रतियोगिता जित्ने भेडा साहुहरुले पाँच हजारदेखि १० हजारसम्म पुरस्कारसमेत जितेका थिए ।

प्रतियोगितामा रामपुकार यादव, हरेन्द्र पासवन, हमानचल कुशवाहा, हिरालाल यादव,जितेन्द्र यादव, अकलेश यादव, सुरेन्द्र यादव, भुटी यादव, सशस्त्र प्रहरी निरिक्षक कृष्णा अधिकारीलगायत नेपाल भारतका दर्शक हरुको सहभागिता रहेको थियो ।

Back to top