×

वीरगञ्ज, २२ फाल्गुन । प्रदेश न. २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले राप्ती–दुधौरा  डाइभर्सन बहुउद्देश्य आयोजनाका लागी निरिक्षण गरेका छन् । 

प्रदेश २ सरकारको पहलमा संघिय सरकारको सहयोगमा बाग्मती प्रदेशको राप्ती खोलामा ड्याम बनाएर प्रदेश २ को दुधौरा खोलामा पानी ल्याउने योजनाअन्र्तगत निरिक्षण गरिएको मन्त्री सोनलले बताए ।

उक्त योजनाबाट बारा पर्साका किसानहरुलाई सिचाई तथा खानेपानीको लागी पर्याप्त मात्रामा पानीको प्रयोग गर्न सकिने उहाँले बताए । अन्नको भण्डार भनेर चिनिने तराईमा सिचाईको समस्या भोग्नुपर्ने अवस्थाको अन्त्यका लागी बहुउद्देश्य योजनालाई सफल पार्न सक्रियताका साथ लागीरहेको सोनलको भनाई छ ।

सोही विषयमा बाग्मती प्रदेशको राजधानी हेटौडामा अन्तरक्रिया समेत गरिएको मन्त्री सोनलका स्वकिय सचिब रमेश सर्राफले बताए । संघिय सांसद एकवाल मिया, प्रदेश सभा सदस्य रामचन्द्र सिँह, मन्त्रालयका सचिब रामअधार साह, महाशाखाका प्रमुख, इन्जिनियर, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितीमा भएको अन्तरक्रियाले राप्ती–दुधौरा  डाइभर्सन बहुउद्देश्य योजना सफल पार्ने निस्कर्ष निकालेको छ ।

निरिक्षणपछि दोस्रो चरणमा डिपिआर तयार गरि लागत अनुमान तयार गरेर आयोजनाको काम थालनी गरिने मन्त्री सोनलको भनाई छ । 
 

Back to top