×

सांकेतिक तस्विर ।

वीरगञ्ज २८ पुष । पछिल्लो समय पर्सा र आसपासका क्षेत्रमा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको छ । विशेषगरी जिल्लाको सदरमुकाम वीरगञ्जको बजारी क्षेत्रबाट दिनदहाडै मोटरसाइकल चोरी हुनथालेका छन् ।  

यसैबीच मंगलबार वीरगञ्जबाट एक जना पत्रकारको मोटरसाइकल चोरी भएको छ । वीरगञ्जबाट प्रकाशित हुँदै आएको पर्दाफास दैनिकका प्रकाशक एवम् प्रवन्ध निर्देशक राघव साहको मोटरसाईकल मंगलबार दिउँसो चोरी भएको हो । 

काम विशेषले मंगलबार दिउँसो करिव अढाई बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित पर्सा जिल्ला अदालतमा पुगेको बेला साहले चलाउँने सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो ।

प्रेस संगठन नेपालको केन्द्रिय सदस्य समेत रहेका साहले आफ्नो नाममा दर्ता भएको हिरो कम्पनिको ना ४६ प ६१८१ नम्बरको कालो रङ्गको सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको बताए । पर्सा जिल्ला अदालतदेखि पश्चिममा रहेको साउथ जोन बोर्डिङ्ग स्कूलदेखि दक्षिणपट्टि रहेको श्री वैष्णो देवी वचत तथा ऋण सहकारी संस्थाको अगाडि सडकको छेउमा पार्क गरेर राखेको अवस्थामा मोटरसाईकल चोरी भएको साहले जानकारी दिए । 

मोटरसाईकलको ईन्जिन नं. JA05ECH9C00177 र चेसिस नं. MBLJA05EWH9C00100 को १२४.७ सिसिको रहेको उनले बताए । 

पत्रकार साहले मोटरसाईकल चोरी भए लगतै वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्सालाई जानकारी गराएका थिए । मोटरसाईकल चोरी भएको केहि समयभित्रै प्रहरीलाई जानकारी गराएपनि अहिलेसम्म पत्ता नलागेको साहले बताए ।

Back to top